सिरहामा शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए

  • फागुन १७, २०८०
  • ८५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मिथिला रत्न,सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका स्थित एक विद्यालयका शिक्षकले शिशु कक्षा पढ्ने बालकलाई निर्घात कुटपिट गरेका छन् । बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ थल्हाको श्री आधारभुत प्रा.बि.स्कुलका शिक्षक सनोज यादबले ४ वर्षीय विद्यार्थी राजु कुमार यादबलाई निर्घात कुटेको खुल्न आएको छ । विद्यालयमा पढने क्रममा शिक्षकले कुटेको बालको हजुरबुवा राज कुमार यादबले बताएका छन् ।

उनको ढाडमा निलडाम छ । विद्यालयमा यातना पाएर घर पुगेका बालक बिरामी भएका थिए । निरन्तर ज्वरो आएको नातिलाई स्थानीय मेडिकलमा लगेर जचाउँदा शरीरभर निलडाम भेटिएको र सोधपुछ गर्दा विद्यालयमा कुटाई खाएको बताएको हजुरबुवा यादबले जानकारी दिए । घटनाका आरोपी शिक्षकले भने स्कुलमा विद्यार्थीको आमा आफैले कुट्दै स्कुल ल्याएको थियो, सिक्षिकाले चुप लगाउन सम्झाउदा दातले टोक्न खोज्दा हटाउन खोज्दा अटेर गरेपछि सामान्य नैसियत दिएको बताए । ‘मैले हातले मात्रै हानेको हुँ । तर, लाठीले पिटेको भनेर घटनालाई बंग्याउन खोजिँदैछ,’ उनले आफ्नो बचाउ गर्दै भनेका छन् ।

कानुनअनुसार बालबालिकामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरिएको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पुर्‍याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ । उक्त ऐनको दफा ७२ मा उक्त कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । जसमा शरीरमा चोटपटक पुर्‍याएमा ७५ हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

शिक्षकहरू अभद्र हुन थालेपछि मानसिक स्वास्थ्यको परीक्षण गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । ‘मानसिक स्वास्थ्यका बारेमा कसैले कुरा गरेको छैन । शिक्षक मानसिक रूपले स्वस्थ छ कि छैन हेर्नुपर्छ,’ शिक्षाविदहरु भन्छन ‘मानसिक स्वास्थ्य ठीक नभएको शिक्षकको डर र त्रासमा विद्यार्थीले के सिक्छ ?’

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१