ताजा समाचार

जिवीराईको चलअचल सम्पति बेचेर वीरगंजबासीको १३५ करोड फिर्ता गराउन सांसद यादवको मांग

  • फागुन ११, २०८०
  • ९९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज,११ फाल्गुन । प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवले सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा सहकारीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी दायरामा लयाउन मांग गरेका छन । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै पुर्व मन्त्रि समेत रहेका सांसद यादवले सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगञ्जबासीको १ सय ३५ करोड रुपैया लिएर फरार भएको भन्दै सहकारीमा संलग्न सबैलाई पक्राउ गरेर कानुनी दायरा लयाउन सरकारको ध्यानाकर्षण गराए ।

सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगञ्जमा अच्चम्मको कार्य गरेको सांसद यादवले सुनाए, वीरगञ्जमा कार्यालय खोलेर वीरगञ्जबासीको १ सय ३५ करोड रुपैया सहकारीका संचालक जिवी राईले आफना आफन्त, रेस्टुरेन्टमा काम गर्ने कर्मचारी तथा टेलिभिजनमा काम गर्ने कर्मचारी गरेर ७५ जनालाई ९४ करोड रुपैया बिना धितो मात्र कपाली तमसुक बनाएर बाडिएको बताए ।

सांसद यादवले भने आम सर्वसाधारण व्यक्ती बैंकमा ऋण लिदा जग्गा जमीन धरौटी राख्नुका साथै सात पुस्ते लेखाउनु पर्ने हुन्छ तर सहकारीले वीरगञ्ज बाहिरका व्यक्तीलाई समान्य कपाली तमसुकको भरमा ९४ करोड रुपैया बाडेको आरोप लगाए । कपाली तमसुकको भरमा मात्र ६ करोड रुपैया सम्म सहकारीले बाडेको बताउदै नेपाल प्रहरीको सिआईबी तथा नेपाल सरकारको ध्यान किन नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद यादवले सहकारी प्रकरणमा संस्थामा संलग्न जिवी राई लगाएत सबैजनालाई अविलम्ब पक्राउ गरी कार्यवाहीको दायरामा लयाउन गम्भीर ध्यानाकर्षण गराए । वीरगञ्ज बासीका १ सय ३५ करोड रुपैया लिएर फरार भएका जिवी राई सहित सहकारीका कर्मचारीहरुको चलअचल सम्पत्ती बेचेर भएपनि वीरगञ्ज बासीका सम्पुर्ण रकम फिर्ता गराउन उनले मांग गरे ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤