सुरेश यादव,नवलपरासी / फल्गुन १ । पश्चिम् नवलपरासीका तिनवटा स्थानबाट बिद्युत ट्रान्सर्फमर चोरी भएका छन ।ट्रान्सर्फमर नै चोरी भएपछि स्थानीय समेत अचम्मित बनेका छन । गएराती बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कडरिमाई ड्युप बोरिङको बिधुत ट्रान्सर्फमर चोरी भएको छ । पछिल्लो समय नवलपरासीमा विद्युत ट्रान्सर्फमर चोरीका घटना बढ्न थालेका छ्न । झन्डै दुई महिना अघि रातीको समयमा बर्दघाट १ मा रहेको डिप बोरिङ संचालनका लागि जडान गरिएको ट्रान्सर्फमर चोरी भएको वडा नम्बर १ का अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिनुभयो ।गहु र मकैका लागी सिचाई गर्ने बेलामा ट्रान्सर्फमर चोरी हुँदा किसानलाई समस्या भएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।
उक्त क्षेत्रको सिचाईका लागि भुमिगत सिचाई आयोजना रुपन्देहीले उपलब्ध गराएको बजेटमा भुमिगत सिचाईका लागि बोरिङ निर्माण गरिएको थियो । यसै गरि सरावल ३ मा रहेको किसान पोल्ट्रीफर्म को ट्रान्सर्फमर समेत १५ दिन अघि चोरी भएको विधुत प्राधिकरण बर्दघाट बितरण केन्द्रले जनाएको छ । ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाईल महङ्गोमा बिक्रि हुने हुदा ट्रान्सर्फमर चोरी हुने गरेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved