ताजा समाचार

सिरहा सदरमुकामबाट पोस्तोलसहित युवक पक्राउ

  • माघ २९, २०८०
  • ९७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान २९ माघ। सिरहा प्रहरीले कटुवा पेस्तोलसहित सिरहा सदरमुकामबाटै एक युवकलाई नियन्त्रणमा लिएको छ। सिरहा नगरपालिका ७ बाट एक थान कटुवा पेस्तोलसहित औरही गाउँपालिका ४ कमलपुरका २१ वर्षिय सरोज कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सदरमुकाम सिरहामा डेरागरी बस्दैआएका औरही गाउँपालिका ३ का २२ वर्षिय संजिव कुमार यादवसँग विवाद हुँदैगर्दा वडा प्रहरीले सरोजलाई आईतवार हतियार सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा उनको साथबाट पेस्तोल फेला परेको प्रहीले जनाएको छ। पक्राउ गरेका यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤