Siraha Times
ताजा समाचार

सिरहा सदरमुकामबाट पोस्तोलसहित युवक पक्राउ

  • माघ २९, २०८०
  • ९४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान २९ माघ। सिरहा प्रहरीले कटुवा पेस्तोलसहित सिरहा सदरमुकामबाटै एक युवकलाई नियन्त्रणमा लिएको छ। सिरहा नगरपालिका ७ बाट एक थान कटुवा पेस्तोलसहित औरही गाउँपालिका ४ कमलपुरका २१ वर्षिय सरोज कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सदरमुकाम सिरहामा डेरागरी बस्दैआएका औरही गाउँपालिका ३ का २२ वर्षिय संजिव कुमार यादवसँग विवाद हुँदैगर्दा वडा प्रहरीले सरोजलाई आईतवार हतियार सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा उनको साथबाट पेस्तोल फेला परेको प्रहीले जनाएको छ। पक्राउ गरेका यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१