Siraha Times
ताजा समाचार

गणपति गैरेको निर्देशनमा श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

  • माघ १५, २०८०
  • १०६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान १५ माघ । मधेश प्रदेशको सिरहा जिल्ला बरियारपट्टीबाट श्रोत नखुलेको अबैध नेपाली रुपैयाँ सहित अविजितलाई बि.ओ.पी बरियारपट्टीले पक्राउ गरेको छ । सिरहा जिल्लाको बरियापट्टी गाउँपालिका ३ स्थित बरियारपट्टी सीमाबाट माघ १४ गते चार लाख त्रिपन्न हजार आठ सय चालिस नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला जयनगर ५ बिहार घर बताउने ३७ वर्षिय अविजित कुमारलाई बिओपी बरियारपट्टी बि.ओ.पीले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । बरामद भएको नेपाली रुपैयाँमा १ हजार दरको ४ सय ४६ वटा, ५ सय दरको १४ वटा, १ सयको ५ वटा, ५० को ६ वटा र २० को २ वटा नोट रहेका छन् । बरामद रुपैयाँसहित उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार २०। सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त ...

सुरुङ्गामा १८० घण्टे ...

ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको ...

सिरहामा प्रहरी र लाग ...

ओम प्रकाश यादव लहान असार २०। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१