कांग्रेसका मन्त्री र प्रदेश सांसदका कारण प्रादेशिक अस्पताल गौरको अवस्था लथालिङ्ग भएको हाशमीको आरोप

  • माघ ६, २०८०
  • ३६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट ६ माघ। रौतहटको प्रादेशिक अस्पताल गौरको व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हाशमीले नेपाली कांग्रेसका मन्त्री र प्रदेश सांसदका कारण प्रादेशिक अस्पताल गौरको अवस्था लथालिङ्ग भएको आरोप लगाएका छन् । मधेश प्रदेशका कांग्रेसका केहि मन्त्रीहरुले मानवको स्वास्थ्यसंग जोडिएको अस्पताल जस्तो अति संवेदनशील ठाउँमा राजनीति गर्न खोज्दा र कर्मचारी हेरफेरमा अनावश्यक हस्तक्षेप गरेको कारण प्रादेशिक अस्पताल गौरको अवस्था नाजुक बनेको अध्यक्ष हाशमीले बताएका छन् ।

प्रादेशिक अस्पताल गौरको सभाहलमा आज शनिवार पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हाशमीले रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गर्न खोजेको आरोप लगाएका छन् ।

अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएका कारण अस्पतालको अवस्था कमजोर हुँदै गएको अध्यक्ष हाशमीले बताए । अस्पतालमा अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत रहेका छन् । दुबै जनामा चर्को विवाद रहेको छ ।

आफुले मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंहलाई कायम राख्न र पछि पठाइएका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई फिर्ता पठाउन स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरेपनि भौतिक पूर्वाधार मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको उनले बताए । प्रदेश एनमा प्रदेशमा कर्मचारी नभए मात्र संघको कर्मचारी राख्ने प्रावधान छ तर यहाँ पहिलादेखि नै कार्यरत मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह प्रदेशको कर्मचारी हुँदाहुँदै स्वास्थ्य मन्त्री सिंहले बलजबरजस्ती संघको कर्मचारी कृष्ण प्रसाद साहलाई टिकाएर राखेको उनले बताए ।

मन्त्री यादवले नियमले नै नमिल्ने अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा कृष्ण साहलाई नै राख्न चाहेकोले विवाद चुलिएको उनले बताए । संजीव सिंह एघारौ तहका कर्मचारी हुन भने कृष्ण साह दशौ तहका कर्मचारी हुन । साहभन्दा सिंह सिनियर कर्मचारी रहेकोले सिंहलाई नै मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हाशमीको माग छ । दुइजना मेडिकल सुपरिटेन्डेण्ट एकै पटक हाजिर भएकोले कसलाई मेडिकल सुपरिटेन्डेण्ट राख्ने भन्ने विषयमा विवाद चुलिएकोले अहिले प्रादेशिक अस्पताल गौर मेडिकल सुपरिटेन्डेण्ट विहिन रहेको छ । मेडिकल सुपरिटेन्डेण्टको अभावमा पछिल्लो केहि महिनादेखी अस्पतालका कर्मचारी तलव पाउन सकेका छैनन ।

तलव पाउन नसकेका कर्मचारीहरु माघ ७ गतेदेखी आकस्मीक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरी बन्दहडतालमा उत्रने चोतावनी दिइसकेको कारण ठुलो समस्या उत्पन्न भएको उनले बताए । दुबै मेसु विच विवाद रहेकोले दुबैजनालाई फिर्ता बोलाई अरु कुनै मेसुलाई पठाइदिन आफुले स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गर्दा पनि आफना पार्टीका मन्त्रीहरुको दबाव र इशारामा कांग्रेसका स्वास्थ्य मन्त्री सिंहले अरु कुनै मेसुलाई पठाउन नचाहेको उनले बताए ।

डा. कृष्ण प्रसाद साहले विगतका दिनमा अक्सिजन प्लाण्ट खरिदमा लाखौं घोटाला गरेको आरोप लगाउँदै अध्यक्ष हाशमीले साहले गरेको घोटालाको छानविन हुनुपर्ने माग गरे । आफु अध्यक्ष भएदेखी नै अस्पतालमा सुधारको धेरै काम गरेको चर्चा गर्दै उनले आम नागरिकलाई बढिभन्दा बढि सेवा उपलब्ध गराउन विभिन्न सेवा विस्तार गर्नुका साथै कयौ उपकरण खरिद गरेको र विरामीहरुलाई बस्न भवनको समेत व्यवस्था गराएको बताए । आफुले गौर अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल बनाउने लक्ष्य लिएपनि अस्पताल जस्तो ठाउँमा पनि केहि नेताहरुले राजनीति गर्न थालेका कारण अस्पतालको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको भन्दै उनले दुख व्यक्त गरे । आउँदो माघ ११ गतेसम्म मन्त्रालयले मेसुको विवाद सुल्झाएन भने आफु आवश्यक कदम चाल्न बाध्य हुने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस

अन्तरक्रिया गरी मनाइ ...

सन्जु कुमारी दास लहान वैशाख २० । मर्यादित काम , श्रमको सम्मान , हाम्रो अभियान भन्ने मुल नारा का साथ, ...

अध्यक्षसहित ७५ जना क ...

लहान वैशाख २० । सिरहाका लक्ष्मीपुर पतारीमा जनता समाजवादी पार्टीमा पार्टी प्रवेश कार्यक्रम भव्यताका स ...

मारुती सिमेन्टले कब् ...

नवसंग्राम दैनिक लहान, २० बैशाख । चुरे तथा वन जंगल संरक्षण अभियानले आफ्ना माग राख्दै पदयात्रा शुरु गर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१