ताजा समाचार

चिसो बढेपछि सिरहाको लक्ष्मीपुर पतारीका विद्यालय बन्द

  • पुस २४, २०८०
  • ९९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले बढ्दो शितलहर ( चिसो ) का कारण विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै एक हप्ता जाडो बिदा दिएको छ। गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी माघ २ गते सम्म जाडो बिदा दिइएको जनाएका छन्। गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा अत्यधिक चिसोका कारणले अध्ययन–अध्यापन प्रभावित हुने भएकाले बर्खे बिदाबाट कट्टा हुने गरी मंगलबारदेखि माघ २ गते सम्मका लागि जाडो बिदा दिइएको सूचनामा उल्लेख छ।

Rafe 2

जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले पठनपाठन बन्द गरिएको अधिकृत पासवानको भनाइ छ । पालिकाले एक हप्ता जाडो बिदा दिने निर्णय गरेपछि गाउँपालिकाभित्र कार्यरत शिक्षक आफ्नो घरतर्फ लागेका छन् । विस्तारै चिसो कम भएपछि माघ २ गतेदेखि मात्रै गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। मंगलबार मध्याह्न १ बजेतिर लहान क्षेत्रको अधिकतम तापक्रम १८ डिग्री सेन्टिग्रेट छ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤