सिराहाटाइम्स असोज १८ । सिराहाको बरियारपट्टीमा विज्ञान तथा कला प्रदर्शनी हुदै गाउपालिका तथा बरियारपट्टी युवा समाजको आयोजनामा आउने कात्तिक २२ र २३ गते बरियारपट्टी-३ को श्री जनता माध्यामिक विध्यालय प्राविधिक धार बरियारपट्टीमा हुन् गईरहेको बरियारपट्टी विज्ञान तथा कला प्रदर्शनी-२०८० हुने भएको छ । बरियारपट्टी युवा समाजले कार्यक्रमलाई सिर्जनशीलता र सामुदायिक संलग्नताका लागि ठुलो भूमिका रहने प्रतिवद्धता जनाउँदै प्रदर्शनीमा सहभागी विद्यार्थीहरूको शैक्षिक स्तरलाई अगाडि बढाउने र प्रतिभालाई प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो विज्ञान तथा कला प्रदर्शनी दुई दिनसम्म चल्ने तथा उक्त कार्यक्रममा हरेक विधाबाट ३ जना बिद्यार्थी सहभागी हुन पाउने सर्त रहेको छ साथै एक विधामा सहभागी भैसकेपछी अर्को विधामा सहभागी हुन पाउने छैन इन्जिनियर सन्तोष कुमार यादवले बताए । प्रदर्शनीमा विज्ञान विधा, सामाजिक, वातावरण, साँस्कृतिक र कला विधा जस्ता विभिन्न विधा रहनेछन् । प्रत्येक विधामा विजेता, प्रथम रनर अप र दोस्रो रनर अपले नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेताले नगद १५ हजार रुपैयाँ, प्रथम हुनेले १० हजार रुपैयाँ र दोस्रो हुनेले आठ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic