नवराजपुरमा शिक्षक आन्दोलन परिचालन समिति गठन

  • भदौ १७, २०८०
  • ८०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - सिराहाको नवराजपुर गाउँपालिकामा शिक्षक आन्दोलन परिचालन समिती गठन भएको छ। संघीय शिक्षा ऐनको विरोधमा नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनको समर्थन गर्दै नवराजपुर गाउँपालिका भरिका सम्पुर्ण स्थायी , राहत , बालविकास र विद्यालयका कर्मचारीहरुले शिक्षक शिवनारायण यादवको संयोजकत्वमा शिक्षक आन्दोलन परिचालन समिति गठन गरेका छन । शुक्रबार सहिद रमेश महतो स्मृति जनता माध्यमिक विद्यालय फुलबरियामा यादवको अध्यक्षतामा २१ सदस्य पालिका स्तरीय शिक्षक आन्दोलन परिचालन समिती गठन गरेको हो। 

कार्यक्रममा विभिन्न पार्टीका समर्थित शिक्षक संगठनहरुको उपस्थिति रहेका थिए। विभिन्न दलमा आवध शिक्षक संगठनहरुले नेपाल शिक्षक महासंघको माङ्ग प्रती एक्यवद्धता जनाउदै संयुक्त रुपले सशक्त आन्दोलन परिचालन गर्ने कुरामा एकमत देखिएका थिए। संघीय शिक्षा ऐनमा स्थायी शिक्षक , राहत शिक्षक , बाल विकास शिक्षक र विद्यालयका कर्मचारीहरुको माङ्ग सम्बोधन नभएकोले नेपाल शिक्षक महासंघले घोषणा गरेको दोस्रो चरणको आन्दोलनमा आफुहरुको सशक्त भुमिका रहने कुरामा साथ र समर्थन रहेको संयोजक यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१