भाग दौडमा अधिकृत यादव

  • जेठ २३, २०८०
  • ५३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ २३ । मधेश प्रदेशको सर्लाही जिल्लाको ब्रहमपुरी गाउँपालिकाबाट बर बुझारथ नगरी आएका प्रमुख प्रशासकिय अधिकृत सैलेश यादब भ्रष्टाचारको फायल खुल्ने डरले भाग दौडमा रहेका छन । मसान्तको समयमा सर्लाहीको ब्रहमपुरी गाउँपालिकाबाट भागेर आएका अधिकृत सैलेश यादब सिरहाको बिष्णुपुर गाउँपालिकामा हाजिर हुँदासम्म उनमा कूनै सुधार देखिएको छैन ।

ब्रहमपुरी गाउँपालिकामा करिब ९ महिनासम्म आफ्ना हैकम चलाउँदै आएका अधिकृत यादब आफ्नो मनोमानी ढंगले आफुखुसी पैसा चोख्याउन माहिर रहेको देखिन्छ । उनले सर्लाहीको व्रहमपुरी गाउँपालिकाबाट बिना हरहिसाब, र बर बुझारथ नगरी भागेको गाउँपालिका अध्यक्ष राम पदारथ साहले तेलिले आरोप लगाएका छन । अध्यक्ष साहले भन्नुहुन्छ 'असार मसान्तको समयमा बिना रमाना लिई भागेपछि सिडियो र संघिय मन्त्रालयमा पटक-पटक मेरो अधिकृत खोइ ? भनी खोज्दै जानकारी गराई रहे र बुझ्न कोसिस पनि गरे तर अहिलेसम्म उनको कूनै अत्तोपत्तो नरहेकोले कार्यालयमा रहेको दराजको ताल्चा फुटाउन लागेको " उनले बताए । अध्यक्ष ज्यूले अघि थप्दै भन्नुहुन्छ " उनले यो गाउँपालिकाबाट अनाहकमा मोटो रकम खाएर गएपछि हर-हिसाब बरबुझारथको लागि पटक-पटक ताकेता गर्न खोज्दा उनले प्रयाेग गर्दै आएको फोन नउठाउने र अटेरी गरिरहेको " आरोप समेत लगाए ।

अधिकृत यादब देखि दिक्क र पिडित भएका गाउँपालिका अध्यक्ष साहले मैले आफ्नो जिन्दगीमा यस्तो अधिकृत यादब जस्तो भ्रष्ट मानसिकता भएको कर्मचारी अहिलेसम्म आफूले नदेखेको दुखेसो पोख्नु भएको छ । कमिसन बिना काम नगर्ने यादवको रवैयाले दिक्क भएको स्थानियको आरोप रहेको छ । उनलाई पालिका अध्यक्ष ज्यूले अहिले सम्म कहाँ छन ? भनि समाजिक सन्जालमा खोज्दा मोटो माला लगाएको देखेर हैरान र चकित भएकाे बताईरहने उनले मेरो गाउँपालिका जस्तै त्यहाँ पनि खाएर भाग्न देर लगाउदैन भनि सतर्क हुन सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्य नारायण यादबलाई फोनमा सम्पर्क गर्न खोजिरहेको बताए ।

अधिकृत यादब आएदेखि सिरहाको बिष्णुपुर गाउँपालिकामा हालसम्म सन्चालित रहेका योजनाहरुको न कुनै फ्लेक्स बोर्ड,न कुनै योजनाको नाऊ , के कसरी र कति बजेट हो भनि नदेखिने गरी सर्बसाधरणलाई गुमराहमा राखि योजनाको कामहरु सन्चालित गराएका छन । जुनसुकै शिर्षक भएपनि के कति र कसरी सन्चालित छन भने बुझ्नु पर्दा सुचना नै माग गर्नुपर्ने बाध्यात्मक स्थिति रहेको आस्था रहेको देखिन्छ । हाल सन्चालनमा रहेको योजना र कार्यक्रमहरु गुमराहमा राख्नुको एउटै कारण हो कमिसन भनी स्थानियको आरोप छ । ब्रहमपुरी गाउँपालिकाको सन्दर्भमा अधिकृत यादब सङ्ग बुझ्न खोज्दा उनको फोन उठ्दैन ।

प्रतिक्रिया दिनुहोस

विद्यालय बाहिरका किश ...

संजू कुमारी दास, लाहान, २५ चैत।गोलबजार नगरपालिका को विभिन्न वडाका प्रभावित महिला तथा विद्याालय छोडेर ...

दोस्रो सुरुंगा मेयर ...

ओम प्रकाश यादव लहान, २५ चैत । सुरुंगा नगरपालिका, सप्तरीको प्रायोजन र सिसुवारी क्लबको आयोजनामा दोस्रो ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २४ चैत्र। वीरगंजको नेशनल मेडिकल (एनएमसी) कलेज शिक्षण अस्पताल र कर्मचारी सञ्चय क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१