Siraha Times
ताजा समाचार

जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा शान्तिपूर्ण निर्वाचन सम्पन्न

  • चैत ५, २०७९
  • ११३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार, लहान / ५ चैत । सिराहाको लहानमा रहेको नमुना कलेजको रुपमा जे.एस मुरारका बहुमुखी क्याम्पसमा आइतबार बिना कोलाहल शान्तिपूर्ण तरिकाले स्वतन्त्र विद्यार्थी युनियन ( स् .व. यु .) चुनाव सम्पन्न भएको छ। सुरक्षा व्यवस्था कडा भएपछि पुरै शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ। आजको मतदानमा २२३९ जम्मा मतदाता रहेकोमा १३२७ जना विद्यार्थी मतदाताहरुले मतदान गरेका छन । प्रतिशतको आधारमा जम्मा ५९.२६% मत खसेको क्याम्पस प्रशासनको तर्फबाट सुजित कुमार चौधरीले जानकारी गराएका छन्। यो सँगै ( स्व व यु) चुनावमा स्नातक वि.एड/ वि.वि.एस./ वि.एस्सी. र स्नातकोत्तर एम. ए/ एम. एड/ एम . वि . एस का छात्र छात्रा विद्यार्थीहरुले मतदान गरेका छन् । विभिन्न पार्टीका निकटका भातृ संगठनका कार्यकर्ताहरुले उम्मेदवारी दिइएका छन ।

Open photoसमाजवादी विद्यार्थी संयुक्त गठबन्धन संघ/ जनमत पार्टीका विद्यार्थी जनमत संघ / नेकपा को तर्फबाट अनेरास्ववियु / नेपाली काङ्ग्रेस निकटका भातृ संगठन नेपाल विद्यार्थी संघ ( ने.वि.सं.) लगायतका पार्टीले चुनावी मैदानमा उत्रिएका छन्। यो सँगै नेपाली काङ्ग्रेस निकटका भातृ संगठनका सभापति पदका उम्मेदवार रामकृष्ण यादव र सचिव पदका उम्मेदवार महेश साहका अनुसार हाम्रो नेपाल विद्यार्थी संघ ( नेविसंघ ) को जीत सुनिश्चित रहेको अग्रिम दाबी गरेका छन्। वहाँहरुका अनुसार मतगणना कार्य भोलि सोमबार बिहान बाट हुने बताउनुभयो ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार २०। सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त ...

सुरुङ्गामा १८० घण्टे ...

ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको ...

सिरहामा प्रहरी र लाग ...

ओम प्रकाश यादव लहान असार २०। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१