बोखारी शरिफ कार्यक्रम आइशा गर्लस कालेजमा सम्पन्न

  • फागुन २७, २०७९
  • ८२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्लस कालेजमा बोखारी शरिफ कार्यक्रम सम्पन्न भएको छ l आइशा गर्लस कालेजका अध्यक्ष डा. मंजूर अहमद खांको अध्यक्षता प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली रहेका थिए l स्लाम धर्मको कुरान सरिफ पछि दोस्रो पवित्र पुस्तक मानिएको छ त्यो पुस्तक बोखारी शरिफ भन्ने गरिएको जानकारी मौलाना जहिर अहमद बरेल्वी ले बताए l कार्यक्रममा बोल्दै प्रमुख अतिथि मशहूद खां नेपालीले ३७ जना छात्राले बोखारी शरिफ पुस्तक सिकाई गरेको प्रति हामी ले गर्व गरेका तथा छात्रा हरूको आगामी उज्वल भबिष्यको कामना सहित विद्यालय र शिक्षक परिवार लाई हृदय देखि धन्यवाद दिदै छात्रा हरूको आगामी यात्रा मानवता तथा आफ्नो परिवार र समाज लाई सधै सम्मान गरि आफ्नो नाम उच्च बनाउन समेत अपिल गरे l

बोखारी सरिफ अन्तिम अध्याय डा. अब्दुल गनि अल्कूफी द्वारा प्रस्तुत गरिएको थियो उहां उक्त धार्मिक पुस्तकको गर्लस कालेजमा प्रोफेसर समेत हुन l कार्यक्रम मा बोल्दै शैख अब्दुल रशीद मदनीले छात्रा हरूले गरेको सिकाइ आफ्नो जीवनमा लागू गर्नु पर्ने बताए l कार्यक्रममा बोल्दै अध्यक्ष मंजूर अहमद खांले छात्रा हरू बोखारी पुस्तक सिकाई गरि जादै गरेको अवस्थामा आगामी सिकाई सफलताको शुभकामनाका साथ आइशा गर्लस कालेज छात्रा हरूको सुख दुःखमा सधै साथ रहने बताए l कार्यक्रममा शहाबुद्दीन मदनी, मौलाना अब्दुल रशीद मदनी, मौलाना एहसानउल्ला रहमानी, वशीर सल्फी, मो. सफिउल्ला मदनी, मौलाना अब्दुल रशीद रियाजी, मौलाना खालिद सिराजी, मौलाना रियाज अहमद उमरी, मौलाना अब्दुल जलील रियाजी, मौलाना सफिउलहक नदवी , मौलाना अब्दुल सत्तार फैजी, हाफिज तारिक फैजी, मोहम्मद आमिर, मौलाना असल्म सल्फी मदनी लगायत रहेका थिए l

प्रतिक्रिया दिनुहोस

मेयरको एउटै लक्ष्य: ...

विनोद अविरल , चैत्र १९, ​लहान, सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकाका नगर प्रमुख मेयर महेश प्रसाद ...

लहान उद्योग वाणिज्य ...

रहमुल, लहान, १९ चैत्र । सिरहाको लहान क्षेत्रमा खाद्य सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले कडा बजार ...

मिर्चैयामा ‘एकरूपता’ ...

शम्भु प्रभाकर सिरहा चैत १९ । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा विगत केही वर्षयता पाठ्यपुस्तक छनोट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१