सूचनाको औजार प्रयोगपछि खुलेको रहस्य कानून बिपरीत बिद्यालयहरुवाट असुल

  • फाल्गुन १६, २०७९
  • ४२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा फाल्गुन १६ गते । बैक भौचरको प्रतिलिपी मांग गरेपछि शिक्षा बिकास तथा समन्वय इकाइ,सिरहाले ,एस.इ.इ परीक्षाका लागी प्रयोग हुने फारम बापत कानून बिपरीत बिद्यालयहरुवाट असूल गरेको १ लाख ५२ हजार ९सय ६० रुपैया खातामा जम्मा गरेको रहस्य खुलेको छ । सूचनाको हक सम्बन्धि ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरी सिरहा ७ का परशुराम साहले, फारम बापत दस्तूर तिनुपर्ने कानूनी प्रावधान र संकलित रकम बैकमा जम्मा भएको प्रमाणको खोजी गरेपछि इकाइ कार्यालयले कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहा को नाउमा राष्ट्रिय बाणिज्य बैकमा रहेको खाता न .ख -६-२१३०१००१०२०६०००० मा उक्त रकम जम्मा गरेको हो ।

 साहले गत माघ ८ गते ती ब्यहोराको सूचना मांग गरेपछि सिरहा इकाइले माघको ११ गतेमा फरक फरक भौचरबाट उक्त रकम जम्मा गरेको हो । एउटै मितिमा जम्मा गरिएको पहिलो भौचरमा ६९हजार २सय८० र दोस्रो भौचरमा ८३हजार६सय ८० रुपैया जम्मा गरेको हो । प्रति फारम बापत २० रुपैयाका दरले संकलन गरेको रकम ७ हजार ६ सय ४८ बिद्यार्थि बरावरका रकम हुन तर सिरहाका नीजि र सामुदायिक बिद्यालयवाट १० हजार भन्दा बढी बिद्यार्थी एस.इ.इ.परीक्षाका लागी फारम भरेको बुझिन आएको छ यस अर्थमा बांकी विद्यार्थी बरावर बिद्यालयहरुले तिरेको रकम इकाइ कार्यालयले बैकमा किन जम्मा गरेनन ? वा कुन प्रयोजनमा खर्च गरेको हो ?भन्ने प्रश्न पनि तेर्सिएको छ ।

 इकाई प्रमुख रामबृक्ष महतोले ,जिल्ला शिक्षा समितिले गरेको निर्णयको आधारमा फारम बापत २० रुपैयाको दरले दस्तूर लिएको बताएका छन तर सूचनाका अभियन्ता साहले २०७० सालदेखि २०७८ सालसम्ममा फारम बापत लिएको दस्तूर के मा कसरी खर्च भयो? सोको लिखित जानकारी मांग गरेपछि इकाई प्रमुख महतोले लेखा सम्बन्धी काम गर्ने कर्मचारी नभएकोले उपलब्ध गराउन न सकिएको जवाफ दिएका छन । गत वर्ष इकाइ प्रमुख रहेका शसि कुमार यादवले बिगत बर्ष देखि कानून बिपरीत फारम बापत असूल गर्दै आएको परम्परालाइ तोडेका थिए ।इकाइ प्रमुख यादवको सरुवापछि इकाइ प्रमुखको जिम्मेवारी पाएका महतोले कानून बिपरीत फारम बापत बिद्यालयहरुवाट रकम असूल पुन: शुरु गरेको शिक्षक संघका किशोर यादवले बताए । 

परीक्षा दिन ३०० कल्याणपुर नगरपालिका भित्रका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुले स्तरमापन परीक्षाको नाममा बिद्यार्थी बाट ३००का दरले असूल गरेको पोल खुलेको छ । परीक्षा समिति गठन गरी प्रतिबिद्यार्थि रू ३००/- का दरले लिने र सो मध्ये नगर स्तरीय स्तरमापन परीक्षा समितिलाइ १५०/- बुझाइ बांकी १५०/- बिद्यालयले लिने ब्यहोराको सूचना कल्याणपुर नगरपालिकाको फेसबूक पेजवाट सार्वजनिक भएपछि कानून बिपरित बिद्यालयहरुले , स्तरमापन परीक्षाको नाममा विद्यार्थी बाट शुल्क लिने गरेको पोल खुलेको हो । कानूनमा स्तरमापन परीक्षा लिने र बिद्यार्थी बाट शुल्क लिने कानूनी प्रावधान छैन।

परीक्षा र शुल्क सम्बन्धमा आफुलाइ केही थाहा नभएको कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु रंजन बरालले बताए तर प्रश्नपत्र र उतरपुस्तिका नगरपालिकाको सभाहलबाटै उपलब्ध गराइएको ब्यवस्थाले प्रमुख प्रशासकीय अधिकृत बरालले दिएको प्रतिकृया छलछाम गर्न मात्र रहेको देखिएको छ । बिद्यालयले राख्ने १५०/- बाट केन्द्राध्यक्षले १७५, सहायक केन्द्राध्यक्षले १२५ , निरीक्षकले १०० , कार्यालय सहायकले ५० र उतरपुस्तिका परीक्षणमा प्रतिकपी रू ५ लिन समितिले निर्देशन दिएको छ । परीक्षा समितिमा रघुनाथ साह,श्रीराम मंडल,बिनय यादव,महेश्वर यादव,रमेश कुमार यादव र धौशी राइन रहेको छ ।

यस्तो छ, कानूनमा ब्यवस्था

प्रत्येक नागरिकलाई माध्यमिक तह सम्मको शिक्षा नि: शुल्क पाउने हक हुनेछ भन्ने ब्यवस्था नेपालको संबिधान ,२०७२ को धारा ३१ मा रहेको छ ।त्यस्तै सामुदायिक बिद्यालयले विद्यार्थीका नाममा कुनै किसिमका शुल्क लिन पाउने छैन भन्ने ब्यवस्था शिक्षा ऐन २०२८ को दफा १६ घ मा रहेको छ ।कुनै बिद्यालयले ऐन बिपरीत विद्यार्थी संग कुनै शुल्क लिएमा तोकिएको अधिकारीले त्यस्तो शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न लगाउने र ऐन बिपरित शुल्क लिने बिद्यालयलाइ तोकिएको अधिकारीले २५ हजार सम्म जरीवाना गर्न सक्ने ब्यवस्था ऐनमा छ । ऐनमा भएको ब्यवस्था कार्यान्वयन गर्ने र गराउने निकायले बिभिन्न बहानामा विद्यार्थीबाट रकम असूल्दै आएको र ती रकम इकाई प्रमुख र बिद्यालयका प्रधानाध्यापकले कोषमा जम्मा न गरी आफुखुशी खर्च गर्दै आएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

बलान बिहुलमा अपराध न ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण ...

मधेश प्रदेशका अर्थमन ...

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१