Siraha Times
ताजा समाचार

उपाध्यक्ष मशहूद मदरसको व्यवस्थापन बारे गराए प्रधानमंत्रीको ध्यानाकर्षण

  • फागुन ८, २०७९
  • ७४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन ८ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले आज प्रधानमंत्री पुष्प कमल दहाल (प्रचण्ड) लाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् l मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले मदरसामा दिदै आएको बार्षिक अनुदान रकम दुइ लाख एक्चालिस हजार बाट बढाएर दश लाख दिनुपर्ने प्रमुख माग सहित ज्ञापन पत्र दिइएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां ले जानकारी दिएका छन् l प्रधानमंत्री मदरसा व्यवस्थापन बारे आफू सकारात्मक रहेको तथा मदरसाका सवालमा उचित व्यवस्थापन गरि मदरसाको समस्या समाधान गरिने आश्वासन दिनुभएको उपाध्यक्ष मशहूदले जानकारी दिए l उपाध्यक्ष खां सहित राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सल्लाहकार मेघनाथ ढकाल सहितले प्रधानमंत्री लाई भेटेर मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका थिए l

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१