ताजा समाचार

धनुषा : एकहप्ता भित्र मागहरू पुरा नभए मिथिला बिहारीमा आन्दोलनमा उत्रिने जनमत पार्टीको चेतावनी

  • माघ १६, २०७९
  • ११३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ स्थित कजरा रमौल अन्तर्गत पर्ने श्री.जनता माध्यमिक विद्यालय महिनौं देखि विद्यालय बन्द रहेको छ ।विधालयमा पठनपाठनका लागि पूर्ण रूपमा सूचारु हुनुपर्यो र एकहप्ता मागहरू भित्र पुरा नभए मिथिला बिहारीमा आन्दोलनमा उत्रिन बाध्य हुने जनमत पार्टीले चेतावनी समेत दिएका छन् ।शिक्षक र केही तानाशाही प्रवृत्ति मानिसहरूको लापरवाहीको कारणले गर्दा विद्यालयमा भौतिक संरचना देखि लिएर पठन -पाठनमा आर्थिक हिनामिना र विद्यार्थीहरूमा पर्न गएको नकारात्मक असर विद्यालय जिगो अवस्थामा पुगेको भन्दै जनमत पार्टीले वडा अध्यक्ष बिजय कुमार यादवलाई ज्ञापनपत्र बुझाइएको हो ।त्यहाँको बिधार्थी ,जनताहरुले पटक-पटक खबरदारी गर्दा पनि अहिलेसम्म केही सुनुवाई भएको छैन र कुनै निकाय बाट तसर्थ जनमत पार्टी जनताको हकहित र भ्रष्टाचारमुक्त समाज निर्माणको पक्षमा रहने सो पत्रमा उल्लेख गरिएको छ ।

1.. 87

महिनौं देखि विद्यालय बन्द भएको पठनपाठन पूर्ण रूपमा सूचारु हुनुपर्यो, अनुपस्थित भएरहेको २ शिक्षक केहीदिनदेखि उपस्थित हुनुपर्यो ( त्यसको कारणसहित दिनुपर्छ), विद्यालयबाट केही सामग्रीहरु चोरी भएको त्यसलाई पत्ता लगाउनु र छानविन समिति गठन गर्नुपर्यो चोरी भएको सामग्रीहरू ( computer, projector, tape recorder, etc),, विद्यालय वर्षो देखि नभएको हरहिसाब हरहिसाब दिनुपर्यो, विद्यालय वर्षो देखि नतिरेको बिजुली छिट्टै तिर्नुपर्यो, science Lab मा भएको आर्थिक हिनामिना भएको छानबिन गरियोस र हिनामिना गर्ने माथि कारबाही हुनुपर्छ, विद्यालयको व्यवस्थापन समिति बिहिन भएको विद्यालयमा व्यवस्थापन समिति गठन गर्नुपर्छ उनीहरूले आफ्नो माग राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤