Siraha Times
ताजा समाचार

शहिदनगरका शिक्षा शाखा प्रमुख बाट बिश्वनाथ यादवलाई पदबाट हटाइयो

  • माघ १५, २०७९
  • ९०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई सो पदबाट हटाइएको छ ।  प्राथमिक विद्यालयको तृतिय श्रेणीमा रहेका यादवले यसअघि शहिदनगर नगरपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकोमा नगर शिक्षा समितिको निर्णयले उनलाई सो पदबाट हटाउँदै पुरानो काजमा फर्काइएको हो ।  नगर शिक्षा समितिका सँयोजक एवम् वडा नम्बर ६ का वडाध्यक्ष उमेश निरालाद्धारा जारी गरिएको एक सूचनामा शिक्षक यादवलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी खोसिएको उल्लेख छ ।  यादवलाई दरबन्दी कायम रहेको शहिदनगर नगरपालिका वडा नम्बर १ कुम्भकरण प्राथमिक विद्यालयमा पठाइएका हुन् । गत माघ ६ गतेको शिक्षा समितिको निर्णयले उनलाई आईतबारदेखि जिम्मेवारी खोसिँदै प्रावि कुम्भकरणमा फिर्ता पठाइएको हो ।  शिक्षा समितिका सँयोजक निरालका अनुसार, यादवलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिँदा उनले मनोमानी र आफूखुसी गर्न लागेपछि उनलाई पदबाट हटाइएको हो । पटक–पटक यादवलाई आफूखुसी, मनोमानी नगर्न चेतावनी दिएपनि उनले अटेरी गरेपछि पदमुक्त गरिएको बताईएको छ ।  नगरपालिकाको शिक्षा शाखामा रहेका नगरको शिक्षालाई अस्तव्यस्त पारेको महसुस गरेपछि उनलाई पदबाट हटाइएको पत्रमा उल्लेख छ । नगरपालिका, सबै समुदायिक विद्यालय र ९ वटै वडाकार्यालयलाई बोधार्थ गर्दै शिक्षा सँयोजक निरालाले उनलाई पदबाट हटाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज शि ...

वीरगंज ३ जेष्ठ। नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 9001:2015 गुण ...

आगलागी पीडित सदाय पर ...

ओम प्रकाश यादव लहान,०२ जेष्ठ । “सिरहा सेवा समाजको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भ ...

“घर–घरको सान, स्वच्छ ...

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । लहान नगरपालिकामा “घर–घरको सान, स्वच्छता हाम्रो अभियान&rdq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१