Siraha Times
ताजा समाचार

सामाजीक अभियन्ता निर्दोषी सम्मानित

  • असोज ५, २०७९
  • ८२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ५ । सिरहाको धनगढीमाई नगरपालीकाद्वारा आयोजीत सातौँ नगर स्थापना दिवशको अवसरमा सामाजिक अभियन्ताको रूपमा ग्रामीण बस्तीबाट उदाएका राम उदगार यादव (राम निर्दोषी)सम्मानित भएका छन् । सामाजिक सेवामा निरन्तर लागिरहेका यादवले सामाजिक काममा ग्रामिण क्षेत्रमा आफ्ना बढी ध्यान केन्द्रित गराईरहनु भएको अवस्था रहेको पाइन्छ । ग्रामिण क्षेत्रमा मठ मन्दिर लगायत विपन्न गरीब वर्गका लागि हरदम चिंतित रहने यादबले बोलबम यात्राको क्रममा निशुल्क खानाको व्यवस्था, प्रतियोगीलाई साइकलको व्यबस्था अनि धनगढीमाई नगरपालीका वडा नं ५ को बालकको उपचारको सम्पूर्ण वातावरण मिलाएर आफ्नो सामाजिक कामलाई निरन्तरता दिएका छन् ।

एक बालक जनकपुरको जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा उपचारार्थ रहँदा बालकको उपचारमा सहयोग गर्ने उदेश्यले उनी मधेश प्रदेशको बिभिन्न मन्त्रालयहरुमा समेत पुगेका थिए । बालकको उपचारमा पुगेर फर्किने क्रममा धनुषाको पोर्ताहा स्थित पूर्व पश्चिम राजमार्गको प्रहरी कार्यालय अगाडिको सडक मर्मतको गुनासो उनीसँग एक त्यहाँस्थित प्रहरीले गरेपछि तत्काल उनले आफ्नो ध्यानाकर्षण गर्दै सडक मर्मतको लागि उक्त ठाउँबाट सम्बन्धित निकायमा फोन सम्पर्ग गराएर करिव तीन दिन पछी सडक पूर्णतया मर्मत सम्भार भई आवात जावतमा सहजता ल्याउनका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेका राम निर्दोषी यतीबेला धनगढीमाईका चर्चित पात्र बनेका छन् । उनी वडा नं १२ का सचिव पनि भएको हुनाले उनको कामको उचित मूल्यांकन गरी नगरका तर्फबाट सम्मान गरिएको छ । अत्यन्त सरल स्वभावका धनी निर्दोषी आफ्ना कर्तव्य प्रति वफादार अनी अत्यन्त मिलनसार स्वभावका कारण उनी नगरको वडा नं १२ मा चर्चित मात्र नभएर धनगढीमाई नगरको एक चर्चित व्यक्तिको पहिचान दिन सफल भएको स्थानियको भनाई रहेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

विकासप्रेमी वडाध्यक् ...

​विनोद अविरल सिराहा, २३ जेठ । ​सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १४ का विकासका अग्रणी ...

जनता समाजवादी पार्टी ...

ओम प्रकाश यादव लहान जेष्ठ २३ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला समितिले जिल्लाभित्रका ...

सिरहामा विकासप्रेमी ...

विनोद अविरल,जेठ २३ । राष्ट्रिय राजनीतिमा राम्रो पकड भएका र छोटो समयमै नेपाल विद्यार्थी संघ (नेविसंघ) ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१