ताजा समाचार

लोकसंस्कृतिको नाममा अश्लिल नाच

  • असोज २, २०७९
  • ११०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, २ असोज । स्थानीय कलासंस्कृतिको संरक्षण गर्नुपर्छ । यसमा पनि नाचगान र लोकगीत नृत्य संरक्षण गर्न राज्यको दायित्व नै हो । तर, मौलिकता भन्दा फरक अश्लिलता बढ्न थालेपछि हलिखली हुनु स्वभाविक नै हो । आज यस्तै भएको लोकसंस्कृति संरक्षणको नाममा डिजेमा अश्लिल नाच चलाउँन थालेको छ । जितिया र विश्वकर्मा पूजाको नाममा सिरहाका अधिकाँश गाउँटोलमा आज यस्तै विकृतिको अभाष हुन थालेको छ । यसैको विरोधमा कति ठाउँमा झडपसमेत भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको सूचनालाई धजिया उडाएर आज बिश्वकर्मा पुजाको अवसरमा गरिएको नाचामा अश्लिल प्रयोग गर्दा बिष्णुपुर गाउँपलिकामा विवाद उत्कर्षमा पुगेको छ ।  नाचगानकै क्रममा दुई पक्षबीच झडप हुदा बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ बस्ने राम पुजन यादब, जितेन्द्र दास र सत्रुधन यादब घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका उनीहरुलाई टाउको,हात र खुट्टा मा गम्भिर चोट लागेकोले जिल्ला अस्पताल सिरहा पठाएको प्रहरीले जनाएको छ । यता,जिल्ला प्रशासन कार्यालय सिरहाले केटि (नतर्की) अस्लिल नाच ननचाउन सुचना नै जारि गरि निषेध गरेको छ । तर उक्त सूचनालाई धजिया   उडाएर बिष्णुपुर लगायत सिरहा जिल्लाको बिभिन्न ठाउमा अस्लिल गितमा केटि (नतर्की)  नाच भइरहेका छन ।  उक्त कार्यक्रम कति ठाउँमा स्थानीय प्रहरीकै मिलोमतोमा भएको स्थानीयको दावी छ ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤