Siraha Times
ताजा समाचार

लहानमा डिएसपीको फितलो अनुगमनले सवारीसाधन सडकमा बढदो

  • वैशाख ३१, २०७९
  • १२४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुन देव सरदार  लहान/३० वैशाख। सिराहाको इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको फितलो अनुगमनले राजमार्ग सडकखण्डहरुमा व्यापकरुपमा सबारीसाधन चलिरहेको देखिन्छ । यस विषयमा डिएसपी कुनै किसिमको चासो देखिएको छैन ।मात्र राष्ट्रको जिम्मेवार व्यक्तिलाई रोक अवरोध गरेको पाइएको छ। डिएसपी मैनालीको कर्तुत हेर्दा आफैंमा पत्यार लाग्दैन , नज्दिकी , आसेपासे , नातेदार सोर्सफोर्सेको सबारीसाधन छोड्ने गरेको पाइएको छ। आज वैशाख ३० गते स्थानीय तह निर्वाचनको दिन , मौन अवधिमा सवारीसाधनदेखि लिएको आवतजावत सुस्त गराई राख्नु प्रहरीको काम कर्तब्य हो । तर , त्यसको ठिक उल्टो देखियो , पत्रकारलाई राष्ट्रको चौथो अङ्गको रुपमा मानिन्छ। पत्रकारलाई स्वतन्त्र, जिम्मेवार व्यक्ति मानिन्छ । र डिएसपी त्यसलाई नै रोक लाउनु कतिको उचित हो । पत्रकारको मोटरसाइकलको साँचो (चाबि)खोँसिएको नाम गोप्य राखि एक सञ्चारकर्मीले बताएका छन। योसँगै उक्त सञ्चारकर्मीका अनुसार डिएसपी मैनाली तस्करहरुसँग पनि साँठघाट गरिएको बताए ।

Open photo

यी र यस्ता कर्तुतलेगर्दा डिएसपी सरुवा नहुनु सिरहा तथा लहानबासीका लागि दुर्भाग्य पनि हो । मिडिया स्वतन्त्र रहनुपर्छ , धेरैको आवाज उठ्छ।तर , डिएसपीको कर्तुतले गर्दा स्वतन्त्रता भन्ने कुरो कागजमामात्र सिमित देखिन्छ । पदको आड्मा जोसुकैलाई डराउनु , हप्काउनु, कसैको कुरो नसुन्नु लहानका डिएसपी हुन। हिजोआज राजमार्गमा मोटरसाइकल गुडिरहेको हेर्दा प्रहरीप्रति आफैँमा असोभनिय लाग्छ। यी र यस्ता कर्तुत र घमण्डले भरिएका डिएसपीलाई सिरहाबाट बाटो साफगर्नु अति आवश्यक रहेको धेरैले आवाज उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१