लुम्बिनी प्रदेश कपिलवस्तुमा गर्भवती महिलाको हत्या श्रीमान र ससुरा पक्राउ

  • माघ २१, २०७८
  • १०५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत कपिलवस्तुमा एक महिलाको हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नं.८ निवासी अन्दाजी २१ बर्षीया रहिसुन्निसा मुसलमानलाई झुन्डाई मारेको आशंकामा उनका श्रीमान र ससुरा पक्राउ परेका हुन् । विहिबार मृतक लाशलाई गाडी सतगत गरेको भन्ने मौखिक सूचनाको आधारमा उक्त घटनामा संलग्न रहेका मृतकको श्रीमान २२ बर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र निजको बुवा ५० बर्षीय अब्बास अलि भाटा मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको अनुसन्धान टोलिले निजहरुलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गर्दा मृतक २ महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले आज शुक्रबार लास उत्खननको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुका डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधीवक्ता खडानन्द पोख्रेल र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्र.ना.उ. धर्मराज भण्डारीको कमाण्डमा खटिईएको एसओएसओसहितको टोलिले घटनास्थलबाट लाश उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाईएको प्रहरीले वैखरी अनलाईनलाई जनाकारी दिएको छ ।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१