विजयनगरम ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन

  • कार्तिक ७, २०७८
  • १४७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी गोडुवाजोत / विजयनगर कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा ७ वटै वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे प्रथम वडा कमिटी अधिवेशन सम्पन्न भएकाे छ । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार मुलुकभर वडा स्तरका अधिवेशन गरिएकाे हाे । विजयनगरको ७ वटै वडामा निर्विरोध सर्वसम्मत रुपमा वडा कमिटी भएको छ । आज सम्पन्न नेकपा एमाले विजयनगर गाउँ कमिटीकाे वडा कमिटी अधिवेशनबाट गाउँपालिकाकाे वडा नम्बर १ को अध्यक्षमा यम बहादुर घर्तीमगर, वडा नम्बर २ को अध्यक्षमा भुलन शाह, वडा नम्बर ३ को अध्यक्षमा कृष्ण प्रसाद सापकोटा, वडा नम्बर ४ को अध्यक्षमा टंक बहादुर विश्वकर्मा, वडा नम्बर .५ को अध्यक्षमा उमानाथ भट्टराई, वडा नम्बर ६ को अध्यक्षमा अग्नि सापकाेटा र वडा नम्बर ७ काे अध्यक्षमा मुजिबुर रहमान निर्विरोध निर्वाचित हुनु भएकाे हाे । विजयनगरम सबै वडामा सहमतिमा वडामा नेतृत्व चयन गरिएको नेकपा एमाले बलराम चौधरी जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

नवराजपुर–१ करमनियाँक ...

रहमुल, लहान ८ माघ । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियाँस्थित श्री अवधि फेकनी आधारभूत विद्या ...

श्री ल.ल. कु. मा. वि ...

ओम प्रकाश यादव लहान माघ ७ । श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय, रघुनाथपुर लहान–३ मा ...

डाक्नेश्वरी मन्दिरमा ...

राजविराज माघ ७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१