ताजा समाचार

पकहामैनपुर गापा मा अपाङ्ग कार्ड घर घरमा पुगी बितरण

  • भदौ १५, २०७८
  • १२५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १५ भाद्र। पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकाले आज वडा नम्बर १ को धोरेमा अपांग कार्ड वितरण शुरु गरेको छ। पकहामैनपुर गाउँपालिकाका प्रमुख बिजय चौरासीयाको नेतृत्वमा सो वडामा आफैं घरमा पुगेर कार्ड वितरण गर्नु भएको हो। उहाँले आफ्नो पालिका भित्र रहेका अपांगहरु पालिका सम्म आउन नसक्ने भएकोले घर दैलोमा पुगेर उक्त कार्ड वितरण गरेको प्रमुख चौरासीयाले बताएका छन। वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म रहेको सो वडामा रातो,निलो र सेतो गरि ४ प्रक्रियाका कार्डहरु वितरण गरिएको छ।रातो कार्ड पाएका ब्यक्तिले रु ४ हजार पाउने गरेको छ भने निलो कार्ड पाएका ब्यक्तिले रु २ हजार पाउने गरेको प्रमुख चौरासीयाले बताएका छन्।उहाँले आफ्नो पालिका भित्र पुर्णअपाङ्गता भएका ब्यक्तिहरु सबैभन्दा धेरै रहेको बताए।वडा नम्बर १ मा १२ जना वडा नम्बर २ मा ६ जना वडा नम्बर ३ मा १४ जना वडा नम्बर ४ मा २० वडा नम्बर ५ मा १७ जना गरि ५ वडा गरि ६९ जनालाई अपांगता कार्ड वितरण गरिएको छ। अहिलेसम्म आफुले पालिका भित्र स्वास्थ्य,शिक्षा,भौतिक पुर्वधार,जेष्ठ नागरिक,एकल महिला,सहिद परिवार,दलित,पिछडा वर्ग र अति विपन्न परिवारलाई समेत पालिकाले सहयोग गदै आइरहेका विपक्षीहरु अहिले आतिन थालेको प्रमुख चौरासीयाले बताए।२० वर्षमा नभएको विकास आफुले ४ वर्षमा गरेर देखाएको बताउँदै अब बाकी रहेका केही विकास निर्माण कार्य शुरु भइरहेको बताए ।घर दैलो कार्यक्रममा उपप्रमुख कुसुमी देवी,प्रशासकीय अधिकृत रमेश सुवेदी महिला विकासका सुनिता देवी,बृजकिशोर बर्णवाल नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का पुर्व सदस्य जगत राई,मिरमिरे अनलाइन र नाइस टेलिभिजनका प्रमुख दिपक चौरासीया,प्रमोद सहनी ,सुरेन्द्र पडित,अम्बिका महत एवम् स्थानीयको बासिन्दाहरुको उपस्थित रहेको ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤