Siraha Times
ताजा समाचार

सिरहाको भोक्राहामा भव्यरुपमा होलिमिलन कार्यक्रम

  • चैत १६, २०७७
  • १७४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १६, चैत्र । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर - ६ भोक्राहाको डिहबार टोलमा आईतवार होलि मिलन कार्यक्रमको आयोजना गरिएको छ । जनता समाजबादी पार्टि वडा नम्बर - ६ को वडा समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सु:ख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्ने उदेश्यले होलि मिलन कार्यक्रमको आयोजना गरिएको कल्याणपुर नगरपालिका वडा नम्बर- ६ का जसपा वडा कमिटी अध्यक्ष एवं समाजसेवी कुशेश्वर साहले जानकारी दिनुभएको छ । आपसी सदभाव, मेलमिलाप कायम गर्न होलि मिलन कार्यक्रमले समाजमा राजनीतिक, समाजिक, धार्मिक द्वन्द बिर्सेर आपसी सद्बभव कायम गर्न मद्दत पुग्ने अध्यक्ष साहले विश्वास लिएका छन् ।

साहको व्यक्तिगत खर्चमा होलि मिलन कार्यक्रमको आयोजना गरिएको थियो भने सो कार्यक्रममा १ सय ५० वटा होलि अङ्कित सेतो टि - सर्ट समेत युवाहरुलाई नि:शुल्क वितरण गरिएको थियो । बढदो आधुनिकिकरणका कारण समाजमा लोप हुदै गरेको होलिमा गाउने गित जोगिरालाई समेत प्राथमिकता मा राखेर होलि मिलन कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिनुभयो । होलि मिलन कार्यक्रममा स्थानीय बुद्धिजीवी , समाज सेवि , विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत वडा नम्बर - ५ का वडा अध्यक्ष दिपेन्द्र बरबरिया यादव , नेका का वडा सभापति ब्रहमदेव सिंह , वडा नम्बर -७ का तत्कालीन संघीय समाजबादी पार्टीका प्रत्यासी वडा अध्यक्षका उम्मेदवार दिपेन्द्र यादव , वडा नम्बर- १० का सुरेश साह लगायत हजारौं जनाले फागु पर्वकाे शुभकामना आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१