Siraha Times
ताजा समाचार

आजबाट लहान भेट्रान फुटबल कप प्रतियोगिता २०७७ शुरु

  • चैत ७, २०७७
  • १४०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार रेडियो सौगात लहान , चैत्र ७ गते। आजबाट सिरहाको लहानमा लहान भेट्रान फुटबल कप प्रतियोगिता २०७७ शुरु भएको छ। आज करिव दिउँसो २:३० वजे उक्त प्रतियोगिता लहान नगर प्रमुख मुनी साह द्वारा उदघाटन भएको हो। चैत्र ७ गते देखि सुन्दर नगरी लहानको पशुपति आदर्श मा.वि खेलमैदान हुन गइरहेको " लहान भेट्रान कप फुटबल प्रतियोगितामा सहभागी भई खेलको शोभा बढाईदिन आयोजक लहान भेट्रान फुटबल टिम लहान हार्दिक अनुरोध गरेको छ। आजको उद्घाटन सत्र प्रमुख अतिथि लहान नगरपालिका प्रमुख ( मेयर ) मुनी साह , विशिष्ट अतिथि लहान नगरपालिका उपप्रमुख सरियार चौधरी रहेका थियोे । त्यसैगरी विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ता , इलाका प्रहरी कार्यक्रम लहानका डिएसपी डा. पतन दाहाल लगायतका दर्शनगणहरु उपस्थिति रहेको थियो ।

No description available.

प्रतियोगिताको प्रथम पुरुस्कार नगर रु. ५० हजार रहेको छ भने दोस्रो पुरस्कार नगद रु. २५ हजार रहेको छ। खेल तालिकाहरु युनाइटेड सेन्ट्रल फुटबल टिम मोरङ र रौतहट सेन्ट्रल फुटबल टिम रौतहट आज चैत्र ०७ गते प्रतिस्पर्धा भइरहेको छ। त्यसतै लहान भेट्रान फुटबल टिम , लहान र गाईघाट भेट्रान फुटबल टिम उदयपुर बीच आउदो चैत्र ०८ गते प्रतिस्पर्धा हुने जानकारी प्राप्त भएको छ। यो सँगै विराटनगर भेट्रान एफ.सी. र दमक भेट्रान फुटबल टिम झापा बिच प्रतिस्पर्धा हुनेछ । लालवन्दी भेट्रान फुटबल टिम , सर्लाही र एि.एन.पी भेट्रान फुटबल टिम , विराटनगर बिच प्रतिस्पर्धा हुनेछ आयोजना लहान भेट्रानले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१