महेश सिंह सिरहा लहान २२ फल्गुण - वैदेशिक रोजगारीको नाममा ठुलो रकम को प्रलोभन देखाएर १० लाख ठगी गरेको तथ्य फेला परेको छ।सिरहाको लक्ष्मीपुरपतारी गाउँ पालिका ६ सितापुर प्रध देबारीको संजित कुमार शर्मा र नबराजपुर गाउँ पालिका ४ का जय कुमार साह र सप्तरीको बलान बिहुल गाउँ पालिका कोदरकटीका दिलिप कुमार शर्मा गरी ३ जना बाट बुटवल घर भई हाल वैदेशिक रोजगारीमा दुबैमा रहेका प्रेम साक्य र काठमाडौंमा एजेन्टको काम गरी बस्दै आएका अनुप लामा भनिने देब कुमार मोक्तान ले काठमाडौं बोलाए र तिनै जना लाई दुबै पठाएका थिए ।
दुबैमा काम न पाएर तिनै जना अलपत्र परेका छ्न । जय कुमार साह दुबै को सार्जा र दिलिप कुमार शर्मा अजमान भने ठाँउमा अलपत्र अबस्थामा छन् । तिन जना मध्ये एक जना संजित कुमार शर्मा दुई महिना कष्ट गरेर जौतौउ घर बाट पैसा पठाए पछी बल एक जना नेपाल फर्केका हुन् । १० लाख ठगी रहेको रहय बाहिरीएको छ।स्टील कम्पनी दुबैमा तिनै जना लाई ब्यासिक स्यालरी १४ सय दिरान र नेपाली रुपैया १० घन्टाको ४२ हजार नेपाली रुपैया कमाई हुन्छ भने प्रलोभनमा पारेर नोभेम्बर २० तारीखमा दुबै पठाएका थिए । यस्तो झुक्याएर टुरिष्ट भिषामा पैसा ठगी गर्ने ब्यक्ती लाई तुरुन्त कार्बाहि गर्न सरकार संग पीडितको माग रहेको छ। अझै पनि दुई जना अलपत्र अबस्थामा रहेको पीडितले बताए । तिन जनामा १० लाख रुपैयाँ ठगी गरेको पीडित सुन्दर शर्मा ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved