ताजा समाचार

जनकपुरमा गोली प्रहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै प्रचण्ड–नेपाल समुहको यस्तो चेतावनी

  • माघ २३, २०७७
  • १६०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ २३ गते । प्रचण्ड–नेपाल समुहको नेकपाले जनकपुरमा आमहडतालको क्रममा नेकपा नेता–कार्यकर्तामाथि पुर्वाग्राही भएर बल प्रयोग गरेको भन्दै त्यसको भर्तस्ना गरेको छ । धनुषा जिल्ला संघर्ष समितिले प्रदेश पार्टी कार्यालयमा जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले दोषीलाई कार्वाही नगरे थप संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ । आन्दोलनकारीमाथि आश्रु ग्यास तथा गोली प्रहार गर्ने प्रहरीमाथि प्रचण्ड–नेपाल समुहले कार्वाहीको माग गरेको छ । प्रहरीले ५० औँ राउण्ड गोली, आँसुग्यास, लाठी प्रहार तथा ढुँगा प्रहार गर्दै केन्द्रिय नेताहरुलाई ज्यानमार्ने प्रयास गरेको संघर्ष समितिका संयोजक सुधिर प्रसाद साहको आरोप छ । बिहीवार जनकपुरस्थित शिवचोकमा भएको झडपमा पूर्व मन्त्रीद्वय मातृका प्रसाद यादव, रामचन्द्र झा, मेयर उदय बरबरिया, कारीराम यादव, प्रदिप साहलाई लगायतका आन्दोलनकारी घाइते भएका थिए । आमहडताल पुर्ण रुपमा सफल भएको भन्दै सबै पक्षलाई प्रचण्ड–नेपाल समुहले धन्यवाद समेत ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤