ईस्लाम धर्मावलम्वीहरुको महान पर्व ईदऊल फित्र सखुवानन्कारकट्टीमा धूमधाम साथ मनाइदै

  • चैत्र २९, २०८०
  • ४२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत २९ । ईस्लाम धर्मावलम्वीहरुको महान पर्व ईदऊल फित्र नवलपरासीमा धूमधाम साथ मनाइदै मुस्लिम समुदायले इदगाहा, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरि घर घरमा यस पर्वलाई मनाउदै गरेका छन । आज खुशयाली सटासाट गरि आफन्त नातागोता तथा इष्टमित्रसंग खुसी साटेर यो चाड मनाइने गरिन्छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने ईद मुस्लिम समुदायले आज मनाउने गरिन्छ ।

ईदुल फित्रको अवसरमा जिल्लाका पालिका सखुवानन्कारकट्टी , भगवानपुर, नवराजपुर , लगायतका लहान नगर पालिका स्थानका मुस्लीम समुदायका महिला पुरुषहरु मस्जिद तथा ईदगाहमा जम्मा भएर ईद मिलनको खुशी साटासाट गरेका छन् ।

एक महिनासम्म दिनभरी कठोर उपवास व्रत (रोजा) वसी पाँचपटक नमाज पाठ गरी मनाउदैं आएका मुस्लीमहरुले बुधबार साझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशीयालीमा आज ईद उल फित्र मनाएका छन् । यस अवसरमा मस्जिद तथा ईदगाहमा महिला पुरुष वालवालिका सबै जम्मा भएर नवाजपाठ गरी बधाई, शुभकामना आदनप्रदान गर्दै एकआपसमा गला मिलाएर खुशीयालीसँग ईद मनाएका छन् ।

इदगाहमा भेला भई महिलाहरुले आ–आफ्नो परिवारमा तथा देश र देशवासीमा सुख समृद्धि आओस् नमाज पाठ गरी अल्लाहसँग दुवा माग्ने गर्छ ।

ईस्लामीक धर्मगुरु हजरत मोहम्मद मुस्ताफाले धर्मको रक्षाका निम्ती उनले खेलेको भुमीकाको प्रसंशा गर्दै यो पर्व  विश्वभरका मुस्लीमहरुले मनाउँदै आएका छन् ।

मुस्लीमहरुको विशेष परिकार सेवई का साथै राम्रो मिठो परिकारका खाना, फलफुल प्रसाद वाडीचुडी खाने चलन छन् । यस अवसरमा समाजका गरिब मुसलमानलाई दान पनि दिइन्छ, जसलाई फिद्रा भनिन्छ । आफ्नो परिवारको सदस्यको संख्यानुसार घरका मूलीले प्रति व्यक्ति २ किलो ४५ ग्राम गहुँ वा सो बराबरको नगद वा अन्य सामान गरिब मुसलमानलाई दान गर्नुपर्ने नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

भगवानपुरको सिनुरियाम ...

रहमुल लहान १९ बैशाख सिरहाको भगवानपुर गा.पा वार्ड न.१ सिनुरिया गाउँमा राजेन्द्र यादवकाे घर देखि दक्षि ...

अध्यक्ष यादव र अध्यक ...

जनकपुरधाम, बैशाख १९ । संयुक्त राष्ट्रसङ्घको जनसंख्या तथा विकास आयोगको ५७औं सत्रमा भाग लिन अमेरिकामा ...

सुत्केरी महिलाहरुलाई ...

रहमुल लहान १९ बैशाख सिरहाको नवरपुर गाउँपालिका स्वास्थ शाखाले सुत्केरी महिलाहरुलाई गा.पा. उपाध्यक्ष प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१