भगवानपुर गाउँपालिकाद्वारा बिओपी ठाडीका डिएसपी भट्टको बिदाई कार्यक्रम

  • चैत्र ६, २०८०
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत्र ६। मधेश प्रदेशको सिरहा जिल्ला सिमावर्ती ठाडी बिओपीबाट सरुवा भएका डिएसपी दुर्गा प्रसाद भट्टलाई विदाई कार्यक्रम आयोजना गरेको थियो । पालिकाले सोमबार सानो कार्यक्रम गरि डिएसपी भट्टलाई विदाई गरेको हो । सो कार्यक्रममा भगवानपुर गाउँपालिकाका प्रमुख उग्रनारायण यादव , प्रमुख प्रशासकीय अधिकृत चन्द्र नारायण चौधरी , सूचना अधिकारी विजय कुमार यादव सहितका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भट्टले ६ महिना ठाडीमा रहेर शान्ति सुरक्षामा बिओपी ठाडीको नेतृत्व सम्हालेका थिए ।

ठाडीमा बसाईको क्रममा नगरमा पु¥याउनु भएको सेवाका लागि पालिकाका प्रमुख उग्र नारायण यादवले पालिकामा समग्र भगवानपुर पालिकाको तर्फबाट आभार व्यक्त गरे । डिएसपी भट्टले ६ महिना छोटोरुपमा बितेको र यहाका जन्ताहरु एकदमै होसियार बुद्धिमानका ममतालु  रहेको  बताए । उनले भगवानपुर ठाडीमा आउनु अघि गाह्रो हुने चर्चा सुने पनि भगवानपुर ठाडीबासीको साथ र सद्भावले सहज भएको अनुभव सुनाए । ‘भगवानपुरको बारेमा चर्चा सुनेको भन्दा फरक भगवानपुरवासीको साथ र सद्भाव पाएँ, जसले गर्दा मलाई अत्यन्तै सहज महशुस भयो । यो ६ महिना ६ दिन जस्तो छोटो महशुस भएको छ,’उनले भने ।

डिएसपी भट्टले शुरुमा भगवानपुरको ठाडी आउदा सबैलाई चिन्न गाह्रो भए पनि आजको विदाई कार्यक्रममा सबैको माया पाउ“दा आफूलाई गौरन्वान्वित महशुस गरेको र जिम्मेवारी बढेको अनुभूति भएको बताए । पालिकाका प्रमुख उग्र नारायण यादवले डिएसपी भट्टलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१