सिरहामा श्रीमानद्वारा श्रीमतीको हत्या

  • चैत्र १, २०८०
  • १२७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान  चैत १ । सिरहामा एक सातमै श्रीमानद्वारा  तीन महिलाको  हत्या भएको छ ।  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ५५ वर्षीया कुनिया देवी दासको आज साढे ३ बजे आफ्नै श्रीमान श्रीदेव दासद्वारा हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता  डिएसपी रविन्द्र राज पाण्डेले बताए । डिएसपी  पाण्डेका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरी हत्या गरेकोले उनको घटनास्थलमै मृत्यु भएको छ । श्रीमान श्रीदेवलाई घटना लगतै प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय लहानको टोली पुगेर अनुसन्धान गरिरहेको छ । घरासयी विवादमा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । योसँगै एकसाता भित्रै सिरहामा श्रीमानबाट तीन महिलाको हत्या भएको छ ।  

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१