सिरहामा घाँस लिन गएकी पत्नीको हँसियाले घाँटी रेटेर हत्या

  • फाल्गुन २७, २०८०
  • २५९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम
सिराहा - सिरहामा घाँस लिन गएकी आफ्नै पत्नीको पतिले हँसियाले घाँटी रेटेर हत्या गरेका छन् । सिरहाको सिरहा नगरपालिका ६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको पति रामउदगार साहले हत्या गरेका हुन।

सिरहाका एसपी सन्तोष आचार्यका अनुसार घाँस लिन कमला नदीको बगरतिर गएकी निर्मलाको आज अपराहन्न ४ बजेतिर घाँटी रेटेर हत्या गरेका हुन। घटना लगतै पति रामउदगारलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको एसपी अचार्यले बताए।

यसअघि शुक्रबार राति सिरहाको गोलबजार नगरपालिका ६ की ३५ वर्षीय अनिताकुमारी साहको राति हत्या भएको थियो । सुतेकै कोठामा सिलौटाको लोढा (ढुंगा) र घरेलु हतियार प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१