नवलपरासीमा करिब ४० लाख बराबरको अवैध चिनी र केराउ पक्राउ

  • फाल्गुन २२, २०८०
  • ४८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी / नवलपरासी नवलपरासीमा करिब ४० लाख बराबरको अबैध चिनी र केराउ सशस्त्र प्रहरीले छापा मारेको छ। सोमवार सुस्ता गाउँपालिका वडा नं. १ बरुवा स्थित गोदाममा भारतबाट अबैधरुपमा ल्याई ठुलो मात्रामा चिनी केराउ लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्लेको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

स्थानिय ग्यानु अर्यालको धर पछाडी अबैध गोदाम बाट करिब १८ सय बोरा चिनी र केराउ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको उपरिक्षक प्रकाश वाग्लेले बताए । नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक वाग्लेले जिल्ला भित्रका बोर्डर आउट पोष्ट र सुरक्षा बेसहरुबाट खटिएको गस्तीटोलीहरुलाई सीमा सुरक्षासहित विभिन्न नाकाहरुबाट हुने तस्करीहरुलाई निरुत्साहित गर्नको लागि निगरानी बढाउन निर्देशन समेत दिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१