सिरहामा अदालती कार्यप्रक्रिया तथा उजुरी फर्छयौट सम्बन्धि अन्तरक्रिया

  • फाल्गुन ४, २०८०
  • ९१३ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

सिरहा फाल्गुन ५ गते । सिरहामा अदालती कार्यप्रक्रिया तथा उजुरी फर्छयौट सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा सिरहाको होटल रमझममा गरिएको कार्यक्रममा शिक्षा क्षेत्रमा अदालती कार्यप्रक्रिया तथा उजुरी फर्छयौट सम्बन्धि विभिन्न बिषयमा प्रकाश पारिएको थियो ।

Picsart_24-02-16_22-22-06-546शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख शशि कुमार यादवको अध्यक्षता एवम् शिक्षा तथा मानव श्रोत बिकास केन्द्र सानोठिमी भक्तपुरकी निर्देशक अनिता कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । विद्यालयमा सुशासन कायम राख्ने उदेश्यले यस्ता कार्यक्रमहरु प्रभावकारी हुने निर्देशक कोइरालाले बताइन् । जिल्ला शिक्षा कार्यालयहरू लाई सक्रिय बनाई विद्यालयको विद्यमान शैक्षिक प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन शिक्षामा अदालती कार्यप्रक्रिया पनि जान्नु जरुरी रहेको देखिन्छ । शिक्षण पेशामा कतिपय क्रियाकलापले केरियरमा पनि असर हुने खाले विभिन्न एक्सनहरु काम कार्वाही हुने भएकाले यसमा सजग रहनु पर्ने यसमा जोड दिन इकाइ प्रमुख यादवले बताए ।

यस्तै विद्यालयमा शैक्षिक सुशासन कायम गर्नु पर्नेमा जोड दिनुपर्ने उनले थपे । विद्यालय संग सम्बन्ध राख्ने उजुरी र गुनासोहरु सम्बन्धि निकाय बाट खोजबिन भएमा खण्डमा माग गरेको कागजात तत्काल उपलब्ध गराउनु पर्ने बताए । शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको शाखा अधिकृत विजया सत्यालले अदालती प्रक्रिया तथा उजुरी फर्छौट सम्बन्धि कार्यक्रमलाई सहजीकरण गरेकी थिइन । उक्त अन्तरक्रियामा शिक्षा शाखा प्रमुख , विभिन्न विद्यालयका प्र.अ ,शिक्षक , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१