नवलपरासीमा दुई महिनाको अवधिमा ३ वटा विद्युत ट्रान्सर्फमर चोरी 

  • फाल्गुन १, २०८०
  • ३९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / फल्गुन १ । पश्चिम् नवलपरासीका तिनवटा स्थानबाट बिद्युत ट्रान्सर्फमर चोरी भएका छन ।ट्रान्सर्फमर नै चोरी भएपछि स्थानीय समेत अचम्मित बनेका छन । गएराती बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कडरिमाई ड्युप बोरिङको बिधुत ट्रान्सर्फमर चोरी भएको छ । पछिल्लो समय नवलपरासीमा विद्युत ट्रान्सर्फमर चोरीका घटना बढ्न थालेका छ्न । झन्डै दुई महिना अघि रातीको समयमा बर्दघाट १ मा रहेको डिप बोरिङ संचालनका लागि जडान गरिएको ट्रान्सर्फमर चोरी भएको  वडा नम्बर १ का अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिनुभयो ।गहु र मकैका लागी सिचाई गर्ने बेलामा ट्रान्सर्फमर चोरी हुँदा किसानलाई समस्या भएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।

उक्त क्षेत्रको सिचाईका लागि भुमिगत सिचाई आयोजना रुपन्देहीले उपलब्ध गराएको बजेटमा भुमिगत सिचाईका लागि बोरिङ निर्माण गरिएको थियो । यसै गरि सरावल ३ मा रहेको किसान पोल्ट्रीफर्म को ट्रान्सर्फमर समेत १५ दिन अघि चोरी भएको विधुत प्राधिकरण  बर्दघाट बितरण केन्द्रले जनाएको छ । ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाईल महङ्गोमा बिक्रि हुने हुदा ट्रान्सर्फमर चोरी हुने गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१