शहिदनगरका शिक्षा शाखा प्रमुख यादवलाई यथाशिघ्र विद्यालयमै फिर्ता नपठाए सँघर्ष गर्ने : वडाध्यक्ष निराला

  • माघ २३, २०८०
  • ४४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषा माघ २३ गते ।धनुषा शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उमेश कुमार निरालाले नगर शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई यथाशिघ्र दरबन्दी रहेको विद्यालयमा पठाउन चेतावनी दिएका छन् ।  मँगलबार नगर उपप्रमुख सुनिता सिँहलाई एक ज्ञापन पत्र बुझाउँदै कार्यपालिका सदस्य समेत रहेका वडाध्यक्ष निरालाले दरबन्दी कायम गरिएको विद्यालयमै यथाशिघ्र नपठाए सँघर्ष गर्ने चेतावनी दिएको हो ।  केही दिन अगाडी शिक्षा शाखा प्रमुख यादवले आफनो फेसबुक अकाउण्टबाट तथानाम लेखेको भन्दै निरालले उनलाई कारवाही स्वरुप आफ्नै विद्यालयमा फर्कन चेतावनी दिएको हो । 

तृतिय श्रेणीका शिक्षक रहेका यादवलाई शिक्षा शाखा जस्तो प्रमुख पदमा रहेर समाजिक सँजाल मार्फत ठाकुर र मण्डल जातीलाई ईकित गर्दै जातीय विभेद र मानमर्दन गरेको उल्लेख गर्दै नैतिक रुपमा पनि विद्यालय फर्किनुपर्ने बताएका छन् ।  आफ्नो पदीय मर्यादालाई समेत ख्याल नगरी शिक्षा शाखा प्रमुख यादवले फेसबुकबाट कुनै जातजातीलाई होच्याउने कार्य गरेको, अपमान गरेको भन्दै उनलाई कारवाही गर्न माग समेत गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित वडाध्यक्ष निरालाले यथाशिघ्र आफ्नो दरबन्दीमा नगए जस्तोसुकै सँघर्ष गर्ने चेतावनी दिएका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा समन्वय ईकाई, जिल्ला प्रशासनबाट समेत यादवलाई दरबन्दीमा पठाउन पटक पटक पत्राचार गरेपनि नगरपालिकाले उनलाई शिक्षा शाखा प्रमुख बनाएर राखेका हुन् ।  साभार : न्युज व्युरो

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१