नवराजपुरमा बिभिन्न कार्यक्रमहरु शिल्यानास र उदघाटन गर्दै सभा समापन

  • माघ १०, २०८०
  • ५०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १० माघ । सिरहाको नवराजपुर गाउँपालिकाको आयोजनामा सिरहा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य माननीय राज किशोर यादवको प्रमुख अतिथ्यमा गा.पा. अध्यक्ष शिवउदगार यादवको अध्यक्षतामा र सम्पुर्ण जनप्रतिनिधि आमनागरिक समाज र पत्रकारहरुको बाक्लो उपस्थितिमा निम्न कार्यक्रम शिल्यानास तथा उदघाटन गर्दै सभा सम्पन्न भएको छ ।
कार्यक्रमहरु यस प्रकार रहेको थियो।
 
१. नवराजपुर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास
२. प्राथमिक स्वास्थ्य केन्द्र नवराजपुरको आकस्मिक सेवा भवनको समुदघाटन तथा आकस्मिक सेवा शुभारम्भ
३. धर्मशाला तथा मंदिर निर्माण कार्यको शिलान्यास सोनबर्षा चौक
४. सिलाई कटाई प्रशिक्षण केन्द्रको समुदघाटन ।
 
यो पालिका भारतको सिमाना संग जोडिएको सुगम जिल्लाको दुर्गम ठाउँ भनेर चिनिने र किसानै किसानले भरिएको क्षेत्र मानिन्थ्यो।तर अहिले हुलाकी सडक निर्माण भै संचालनमा आए पछि मुहार नै परिवर्तन भएको छ। लोकतन्त्र आए पछि स्थानीय सरकार संचालनको बागडोर निबर्तमान गा.पा. अध्यक्ष बिश्वमोहन यादवको नेतृत्वको जनप्रतिनिधिहरुको हातमा गयो तर जन्ताले सोचे जस्तो बिकास यस पालिकामा हुन सकेन।
 
शिक्षा, स्वास्थ्य, कृषि, सडक सन्जाल खानेपानी सुचना तथा सन्चार लगायत अन्य क्षेत्रमा पनि जन्ताले चाहे अनुसार प्रगति हुन सकेन तर जब स्थानीय सरकारको दोस्रो कार्यकालमा शिवउदगार यादव नेतृत्वको युवा जनप्रतिनिधि जन्ताले चुनेर पठाए पछि यस पालिकामा शुरु भयो बिकासको लहर अनि बिस्तारै यस क्षेत्रका जन्ताले पायो राहत।
May be an image of one or more people, temple and tree
 
शिवउदगार यादव नेतृत्वको स्थानीय सरकारको लगभग दुई बर्षको लेखाजोखा गर्दा यहाँ धेरै परिवर्तन भएको देख्न सकिन्छ। हुन त एकै चोटी सबै काम गर्न त सकिदैन तर धेरै बिषय बस्तुमा सुधार देखिएको छ। जमिन्दार बाहुल्य क्षेत्र र अतिबिपन्नको संख्या धेरै भएकोले बिकासको गति उग्ररुप लिन सकेको छैन तर पहिलाको तुलनामा अहिले निकै सुधार भएको चाहि हेर्न सकिन्छ।
यस पालिकामा भन्नु पर्दा किसान मजदुर र गरि खानेको तादाद बढि छ तर यी बर्गहरुको लागी स्थानीय सरकारले हाल सम्म ठोस योजना प्रस्तुत गर्न सकेको छैन। यस सम्बन्धमा गा.पा. अध्यक्षको स्वकीय सचिब कृष्ण यादव संग सम्पर्क गरी सोधपुछ गर्दा अहिले यो सरकार कृषि क्षेत्रमा सिचाइ बिधुतीकरणको काम लगभग सिध्याउनै लागेको छ। किसानको लागी बिउ मलको उचित ब्यबस्थापनको काम लगभग अन्तिम चरणमा गैसकेको बताएका छन।
May be an image of text
 
उहाँ अगाडी थप्दै अगामी दिनमा कृषिमा आधुनिकीकरण, यान्त्रिकिकरण र जैबिक खेतीको अबधारणा सहित अगाडी बढ्दैछन र केहि दिनमा शिक्षा स्वास्थ्य र कृषिलाई टेकेर बेरोजगारी समस्या सामाधान गर्दै गा.पा. अध्यक्षले लिएको राम राज्यको संकल्प हामी पुरा गर्नेछौ र पालिकामा सुसासन कायम गर्नेछौ बताएका छन।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१