जसपा अध्यक्ष उपेन्द्र यादवद्धारा मधेश कृषि विश्वविद्यालय शिलान्याश

  • माघ ८, २०८०
  • ५९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ८ माघ । राजविराज नगरपालीका १३ विसहरीयामा मधेश गौरव योजना निर्माण हुन लागेको कृषि विश्वविद्यालयको प्रशासनिक, शैक्षिक तथा प्रयोगशाला भवन शिलान्यास जनता समाजवादी पार्टि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको हातवाट भएको छ । मधेस कृषि विश्वविद्यालय भवन सिलन्यास गर्न जसपा नेपालको राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवज्यू, मधेस प्रदेशको मुख्यमन्त्री माननीय सरोज यादव, अर्थमन्त्री संजय यादव ,खेलकुद मन्त्री सुरिता साह, उर्जा खानेपानी मन्त्री सिंहासन साह कलवार लगायतको अन्य नेतागण जनप्रतिनिधी तथा आम जनता बिच भएको छ ।

उक्त योजना तत्कालिन सप्तरी २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवकै संकल्प र प्रयासबाट मधेश कृषि विश्वविद्यालय सप्तरीमा स्थापना भएकोलेशिललान्यस गर्ने अधिकार पनि उहाँकै रहेका र त्उसै अनुरुप नै उपेन्द्र यादवलाई प्रमुख अतिथी बनाइएको स्थानीयहरुले वताए । उक्त शिलान्यास कार्यक्रमलाई लिएर वर्तमान प्रतिनिधि सभा सदस्य सिके राउत र जनमत पार्टिका कार्यकर्ताहरुले समाजिक सञ्जाल मार्फत विरोध गनर्ने र शिलान्यास गर्नेअधिकार जनमत पार्टिकोहो भनी भ्रम छरीरहेको जसपा कार्यर्ताले भने “कृषि विशवविद्यालयको बोर्डमात्र झुन्ड्याइए”को भनी कटाक्ष गर्ने जनमतका नेता कार्यकर्ता आज विश्वविद्यालय भवन शिलान्यास भइरहँदा आत्तिएका छन् ।

अर्काले गरेका कामको जस आफैँ लिन उनीहरुविरोधमा उत्रेका हुन् । मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष ०७८÷०७९ मा १ अर्ब ४९ करोड रुपैयाँ वहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेकोथियो त्यसै अनुसार भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३९ करोड पठाइएको छ भने चलु आर्थिक वर्षमा ३० करोड विनियोजन भएको छ । विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि एकअर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१