जिरोमाईल हातिढुगा सडकमा कालोपत्रेको लागि थालियो काम

  • मंसिर २५, २०८०
  • ६२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर २५ । सिराहा जिल्लाको धनगढीमाई स्थित पूर्व पश्चिम राजमार्गको जिरोमाईलदेखि हातीढुंगातर्फ आउने सडकको तयारी पूरा भएपछि कालोपत्रे हुने पक्का भएको छ । वाडा नम्बर १४ का बस्तीहरूमा पुग्नका लागि सहज हुने उक्त सडकको स्थानिय सुल्सुलेदेखि पिचका लागि आज देखि काम थालिएको हो । सडकमा हुनुपर्ने सबै आवस्यक पूर्वाधार तयार भएपछि सडकमा पिचको लागि तयारी थालिएको छ ।

शाह मकालु जय भवानी कम्पनीले निर्माण ठेक्कामा काम थालेको बताईएको छ । यस सडकको निर्माणले स्थानियको आवत जावतमा सहजता हुने वाडा नम्बर १४ का वाडा अध्यक्ष अमित ठकुरीले बताउनु भएको छ । यता वाडा नम्बर १३ का वाडा अध्यक्ष सूर्यमान तामाङका अनुसार निर्माण कम्पनीले तदारुकताका साथ काम गरिरहेको हुनाले काममा कुनै ढिलाई नभएको बताउनु भएको छ । निर्माणाधिन सडक वाडा नम्बर १४ र १३ का बस्तीहरू भएर पूर्व पश्चिम राजमार्गको जिरोमाईलमा एक मात्र राजमार्गमा जोडिने इन्जिनियर टेक नाथ महतोले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१