गोवर्धन पूजा आस्थाका साथ मनाईदै

  • कार्तिक २७, २०८०
  • ५९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक २७ । तिहारको अवसरमा गोवर्धन पूजा मनाईदै छ । स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आईपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन भगवान श्री कृष्णले आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासी र गाई गोरुलाई ओत लागाएर बचाएको किम्बदन्ती अनुसार गोवर्धन पूजा मनाईदै आएको छ ।

जनविश्वास अनुसार गोवर्धन पर्वत गोकुल नजीकै रहेको छ । गोकुल बासीहरुले भगवान ईन्द्रको पूजा गर्दै आएको अवस्थामा इन्द्रले गोकुल बासीलाई केही नदिएपछि भगवान श्री कृष्णको भनाई अनुसार गोकुलबासीहरुले गोवर्धन पर्वतलाई पूजा गर्न थालेपछि क्रोधित ईन्द्रले बेस्मारी असिना र पानीको वृष्ठी गराएपछि भगवान श्री कृष्णले गोवर्धन पर्वतलाई कान्छी औलाले उचालेर सबै गोकुलवासीहरूलाई बचाउन सफल भएपछि अन्त्यमा भगवान इन्द्रले आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा मागेको र त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको विश्वास गरिन्छ ।

तिहार अन्तर्गत यमपञ्चकको चौथो दिनमा पर्ने गोवर्धन पूजाको दिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । साथै त्यसैदिन गोरूहरुलाई रंगाएर फूल माला, गोरुको घाँटीमा माला,घण्टी र सिङमा तेल लगाएतका सामग्री लगाएर पूजा गरिन्छ । यस दिनलाई गोरु तिहार, हल तिहार र गोवर्धन पूजा पनि भन्ने चलन छ । यस दिन गाईको गोठमा गोबरले विभिन्न प्रतिमाहरु बनाई गोवर्धन पूजा मनाउने चलन रहेको पाईन्छ ।

 

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१