पिटाईबाट वलीको मृत्यु

  • कार्तिक १०, २०८०
  • ४८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक १० । सल्यानमा युवाहरुको कुटाईबाट एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । सल्यान जिल्लाको बागचौर नगरपालिकाको वाडा नम्बर ७ स्यालगाउँका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले स्थानिय २० वर्षीय घनश्याम वलीलाई पिटेर मृत्यको मुखमा पुगाएका छन । गत कात्तिक ४ गतेको दिन सल्यान बागचौर नगरपालिका वडा नम्बर ७ स्यालागाउँका २० वर्षीय घनश्याम वली आफ्नै गाउँको श्री उपकार आधारभूत विद्यालयको खेल मैदानमा भलिवल खेल्नको लागि दिउँसो करिव ४ बजेको समयमा पुगेका थिए ।

भलिवल खेल मैदानमा पुगेका वलीलाई मादक पदार्थ सेवन गरेका केशर वलीले " ए भाई तेरो दाईलाई ढोग गर " भन्दै आफूलाई खुट्टामा ढोग्न लगाउँदा उनले " मैले किन तपाईंलाई खुट्टामा ढोग्ने , ढोग्दिन " भनेपछि हात हालाहालको स्थितिको सिर्जना भएको थियो । खेल मैदानमा केशर वली र सन्तोष वलीले मर्नासन्न हुनेगरी पिटेर घाइते भएका घनश्याम वलीलाई छोडेर भागेका थिए । जसो तसो घर पुगेका घनश्याम घरमा सिकिस्त बिरामी परेपछि उनलाई उपचारको लागि उनका बुबाले भारतको नानपारा स्थित अस्पतालमा पुर्याएपछि उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतकका आफन्तले किटानी जाहेरी दर्ता गराएपछि केशर वलीलाई सल्यानको बागचौर वाडा नम्बर ९ को मौरीघारे परीलेखबाट र सन्तोष वलीलाई दाङ जिल्लाको तुलसीपुर वाडा नम्बर १२ को रझेनाबाट पक्राऊ गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१