मेयरकै संरक्षणमा निजि विद्यालय साहु यादवले सार्वजनिक जग्गा हडपे

  • आश्विन २०, २०८०
  • १७४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा । लाहान नगर प्रमुखको संरक्षणमा एक निजी विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेको छ। लाहान वडा न. १ स्थित नहर छेउको सार्वजनिक जग्गा निजी विद्यालयका संचालक उमेश यादवले हड्पेको बुझिएको छ। नम्बरी जग्गा केवल साढे २ धुर किनेर बाकी ७ धुर सार्वजनिक जग्गा हडपेको स्थानीयको गुनासो छ। नाम नखोल्ने शर्तमा उनको एक छिमेकीले भने 'स्कुलको पछाडि पहिला सार्वजनिक बाटो थियो तर स्कुल संचालक यादवले उक्त बाटोमा माटो भरेर जबर्जस्ति घेरेको हो।

' जग्गा अतिक्रमणमा लाहान नगर प्रमुख महेश चौधरीले यादवलाई साथ र सहयोग दिएको खुलेको छ। उमेश यादव नगर प्रमुख चौधरीको पार्टीको हिसाबले नजिक मानिन्छ । नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा नगर प्रमुखले यसरी आफ्नो पार्टीका झोलेहरुलाई बाड्नु र त्यसताका संरक्षण गर्नु न्यायोचित नभएको स्थानीयको गुनासो छ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१