बरियारपट्टी युवा समाजको आयोजनामा विज्ञान तथा कला प्रदर्शनी २०८० हुदै

  • आश्विन १८, २०८०
  • ६५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहाटाइम्स असोज १८ । सिराहाको बरियारपट्टीमा विज्ञान तथा कला प्रदर्शनी हुदै गाउपालिका तथा बरियारपट्टी युवा समाजको आयोजनामा आउने कात्तिक २२ र २३ गते बरियारपट्टी-३ को श्री जनता माध्यामिक विध्यालय प्राविधिक धार बरियारपट्टीमा हुन् गईरहेको बरियारपट्टी विज्ञान तथा कला प्रदर्शनी-२०८० हुने भएको छ । बरियारपट्टी युवा समाजले कार्यक्रमलाई सिर्जनशीलता र सामुदायिक संलग्नताका लागि ठुलो भूमिका रहने प्रतिवद्धता जनाउँदै प्रदर्शनीमा सहभागी विद्यार्थीहरूको शैक्षिक स्तरलाई अगाडि बढाउने र प्रतिभालाई प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो विज्ञान तथा कला प्रदर्शनी दुई दिनसम्म चल्ने तथा उक्त कार्यक्रममा हरेक विधाबाट ३ जना बिद्यार्थी सहभागी हुन पाउने सर्त रहेको छ साथै एक विधामा सहभागी भैसकेपछी अर्को विधामा सहभागी हुन पाउने छैन इन्जिनियर सन्तोष कुमार यादवले बताए । प्रदर्शनीमा विज्ञान विधा, सामाजिक, वातावरण, साँस्कृतिक र कला विधा जस्ता विभिन्न विधा रहनेछन् । प्रत्येक विधामा विजेता, प्रथम रनर अप र दोस्रो रनर अपले नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेताले नगद १५ हजार रुपैयाँ, प्रथम हुनेले १० हजार रुपैयाँ र दोस्रो हुनेले आठ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१