सिरहाका विभिन्न ठाउँमा सिमसिम वर्षा

  • आश्विन १३, २०८०
  • ४५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १३। वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ सकिए लगत्तै हावाहुरी सँगै वर्षा शुरू भएको छ । आज बिहान करिब ११ बजेर ४३ मिनेटको समयमा आएको हावा हुरी सँगै सिमसिम वर्षा भइरहेको छ । किसानको खेतमा पानी नभएको अवस्था र खेतमा लगाईएको धान बाली फुट्न लागेको अवस्थामा परिरहेको पानीले धान फल्नमा मदत पुग्ने किसानहरू बताउँछन् ।

मनसुनको ढिलो सुरुवातको कारणले किसानहरू चिंतित भइरहेको अवस्थामा यसरी पानी पर्नाले उब्जनिमा सकारात्मक प्रभाव पर्ने माटो अभियानी बद्री महतो बताउनुहुन्छ । जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव परेको अवस्थामा पानी खेतमा नटिक्ने अवस्था एकातिर पाईन्छ भने अर्कोतिर प्रचण्ड गर्मीको मार खेप्दै आएका आम मानिसको दैनिकीमा वर्षाले सकारात्मक प्रभाव परेको छ । यस वर्षाले गर्मी घटेर जाडो यामको शुरुवात हुने आम बुझाई रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१