कृष्ण जन्माेत्सव तथा सम्मान कार्यक्रम परासीमा सम्पन्न

  • भदौ २०, २०८०
  • ५४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / भदाै २० । पश्चिम नवलपरासीकाे परासीमा कृष्ण जन्मअष्टमीकाे अवसरमा कृष्ण जन्माेत्सव तथा जग्गा दाता सम्मान एवम् आजिवन सदस्ता वितरण कार्यक्रम गाेपाल सेवा समिति नवलपरासी द्वारा सम्पन्न भएकाे छ । गाेपाल सेवा समिति नवलपरासीका अध्यक्ष बुद्धिराम यादवकाे अध्यक्षता तथा जग्गा दाता रामग्राम न.पा वडा नं ८ निवासी सुरेन्द्र नाथ यादवकाे प्रमुख आतिथ्यता एवम् पुर्व रक्षा राज्य मन्त्री तथा सेवा समितिका सल्लाहकार रामवचन यादव,जिल्ला समन्वय समितिका प्रमुख भगाैती यादव,प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव र सेवा समितिका केन्द्रीय सदस्य बिक्रम प्रसाद यादव विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रमुख अतिथि सुरेन्द्र नाथ यादवले गाेपाल सेवा समितिलाई ३६ धुर जग्गा दान गरेकाे कार्यक्रम मार्फत घाेषणा गर्नुभएको हाे । कार्यक्रमलाई संवाेधन गर्दै जग्गा हस्तान्तरण गरेर मात्र नहुने भएकाेले यादव समाज एवम् गाेपाल सेवा समितिका सम्पूर्णलाई लाग्नुपर्ने देखिन्छ । जग्गामा छिटै सेवा समितिले भाैतिक पुर्वधारका सन्चर्नाहरु निर्माण गर्ने विश्वास व्यक गर्नुभयाे ।

कृष्ण र राधा काे परासी काे नगरपर्मिका गरि काेढ सभामा परिणत भएकाेथियाे । कार्यक्रममा जनत समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादव,रामग्राम ११ का वडा अध्यक्ष धनिराम यादव,रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव, पत्रकार सुरेश यादव,अनिल यादव, नन्दु यादव र रवीन्द्र यादव लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रममा स्वागत मन्तव्य सेवा समितिका बरिस्ठ उपाध्यक्ष ईन्द्रकमल यादवले राख्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१