तराई मधेश सहित नेपालको घर घरमा मनाइँदै नागपञ्चमी

  • भदौ ४, २०८०
  • ४७० पटक पढिएको
  • सिरहा टाइम्स
alt फाइल फोटो

विनोद मण्डल, भदौ ४ सिराहा । वैदिक सनातन धर्मका अनुसार नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्टनागको चित्र टाँसेर नागपञ्चमी मनाईन्छ । नागपञ्चमीको दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको मान्यता अहिआएको छ । अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र घरको ढोकामा टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको पाइन्छ ।

यस दिन पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले यस दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने मान्यता पनि छ । बिहानको समयमा स्नान गरी आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा ईनारमा गएर पूजा गर्ने चलन रहेको छ । नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ साथै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा समेत राख्ने चलन छ ।

सृष्टिको प्रारम्भमा ब्रह्मजी अत्यन्त क्रोधित भई भावुक हुनुभयो जसले गर्दा उहाँको आँखाबाट आँसुको धारा बग्दै आँसु पृथ्वीमा खस्दा माटोमा मिसिएर तिनको मेलबाट नाग उत्पन्न भए । ती नागमा वासुकि, तक्षक अनन्त, कर्कोटक, पद्म, महापद्म र शंखपाल प्रमुख मानिन्छन् । आफ्नो आँसुबाट निस्किएका हुनाले ब्रह्मजीले नागलाई आफ्नो पुत्र मान्नुभयो र देवतासमान शक्ति दिनुभयो अनन्तनागलाई सूर्यसमान, वासुकिलाई चन्द्रमासमान, तक्षकलाई मंगल, कर्कोटकलाई बुध, पद्मलाई बृहस्पति, महापद्मलाई शुक्र र कुलिक तथा शंखपाललाई शनिसमान शक्तिशाली बनाउनुभयो ।

धार्मिक सांस्कृतिक महत्व बोकेको यस दिन नागको पूजा गर्नाले वर्षभरि सर्पले दुःख नदिने जनविश्वास रहिआएको पाईन्छ । तराई मधेस लगायतको ठाउँहरूमा फरक ढंगले मनाइने यस पर्वमा खासगरी मधेशमा बिहान घर आँगन लिपपोत गरी बेलुका घरमा धानको लावा छर्ने चलन रहिआएको पाईन्छ ।

 

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१