लहान नगरपालिकामा नहर सफा नहुँदा दुर्गन्धित बन्दै बजारक्षेत्र

  • श्रावण ३, २०८०
  • ५७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार, लहान , ३ साउन । सिराहा जिल्लाको लहान दिनानुदिन फोहोर र दुर्गन्धित बन्दै गइरहेको छ। लहान नगरपालिकाको नहर समयसमयमा सफा नगरिदा यतिबेला नहर फोहोरै फोहोरले भरिएको छ। तर, यस विषयमा नगरप्रमुख मेयर महेश प्रसाद चौधरीले कुनै किसिमको चासो देखिएको छैन । यो सँगै व्याप्त फोहोरका कारण लहान नगरपालिका भित्रका वडा, टोल , लहान बजार दुर्गन्धित बनेको अवस्था छ । असार बितिसक्दा समेत साउन पहिलो साता चलिरहँदा पनि नहरको सरसफाइमा कुनै चासो नहुनु दुखद् भएको बताउँछन् लहानका स्थानीय चन्देश्वर महतो ।

वहाँ भन्नुहुन्छ - असारमा पानी पर्दा नहर फोहोरै फोहोरले जाँम हुन्छ । अहिलेको अवस्थामा नहरमा प्लास्टिक जन्यपदार्थ भरिएको छ । नहरमा घाँसपात , विभिन्न किसिमको ठाउँठाउँमा झाडीहरु उम्रेर विरुवाको रुप लिइएको छ। नहरभित्र कालो पानी जमेर पुरै दुर्गन्धित र नराम्रो वास्ना आउने गरेको देखिन्छ । लहानको दुर्गन्धित नहरका कारण लामखुट्टेको घर बन्दा शारीरिक मानसिक स्वास्थ्य प्रत्यक्ष असर हुने गरेको स्थानीयहरु बताउँछन् । फोहोर नहरका कारण नहर छेउछाउका घरभित्र बस्न खपठ्यारो हुन्छ। लहानमा लामखुट्टेका कारण डेङ्गु , स्वाशप्रस्वास , रुघाखोकी , ज्वरो लगायत अनेकन रोग व्याधि फैलिने गरेको अवस्था छ। यता, लहान नगरपालिकाले फोहोरको उचित व्यवस्थापन दिगोपना कुनै सकारात्मक कदम चालेको पाइदैन ।

यता, लहान बजारको प्रत्येक घरडेराबाट फोहोर उत्सर्जन हुन्छ , होटल , कलकारखाना, उधोग , कलकारखाना ,अस्पताल , स्कुल खाली मैदान र पसलहरुबाट पनि फोहोर उत्पादन हुनु स्वभाविक हो । यसको निराकरणका लागि दीर्घकालीन सोच समभ्बत नयाँ नयाँ योजनाहरु निर्माण गरिनुपर्ने अवस्था छ। यसै फोहोर नियन्त्रणको विषयमा लहान नगरपालिकाका स्थानीय चन्देश्वर महतोका अनुसार - प्रत्येक आर्थिक वर्षमा लहानमा १ अर्ब बढी बजेट पास गर्दछन्। तर, १०/१५ प्रतिशत काम हुन्छ बाँकि सबै गुणस्तरहीन, अनियमितता र भ्रष्टाचार गरि जनप्रतिनिधि तथा कर्मचारी मिलेमतोमा झवाम्म हुने गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१