सिराहाको मावि पर्सा पोखर्भिण्डाका प्रधानध्यापक साह विरुद्ध अख्तियारमा उजुरीको तयारी

  • जेठ २४, २०८०
  • १५७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार, लहान / २४ जेठ । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडानम्बर २ स्थित श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय पर्सा पोखर्भिण्डा प्राविधिकधारका प्रधानध्यापक पशुपति साह विरुद्ध अख्तियार दुुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने तयारीमा रहेको छ । स्थानीय अभिभावकहरुका अनुसार विद्यालयमा बढ्दो बेतिथि, गुणस्तरहीन काम, घुसखोर प्रधानध्यापकलाई रोक्ने अन्तिम उपाय अख्तियारमा उजुरी अतिआवश्यक रहेको स्थानीय युवा नेता चन्द्रशेखर यादव बताउँछन् । प्रधानध्यापक पशुपति साहले पटकपटक विद्यालयको विभिन्न कामकाजमा मनमानी तरिकाबाट आफ्नो शिक्षकबाट विभिन्न निर्माण कार्यहरुमा स्टीमेट र मुल्यांकन गराई लाखौं लाख रकम झ्वाम्म गरि भ्रष्टाचार गरेको आरोप छ ।

Open photo

यो सँगै युवा नेता तथा समाजसेवी चन्द्रशेखर यादवका अनुसार - प्रधानध्यापक साहको लापरबाहीले गर्दा अहिलेसम्म विद्यालय व्यवस्थापन समिति समेत गठन हुन सकेको छैन । विद्यालयले पत्र काटेपछि दोस्रोपटक स्थानीयहरुको भेला भयो । तर, प्र.अ. साहले पछिल्लो हरहिसाब नदिँदा अभिभावक भेला त्यसै व्यर्थ हुदै आइरहेको छ । समग्रमा भन्दा जनता डो. चौ. माविका प्रधानध्यापकले व्यापक रुपमा मनोमानी गर्दै आइरहेको स्थानीयहरुको आरोप छ :-

(१.) आफ्नै शिक्षकबाट स्टीमेट र मुल्यांकन ।

(२.) विद्यार्थीहरुबाट मनपरि शुल्क उठाउदै ११ हजारदेखि १५ हजारसम्म।

(३.) प्रमाणपत्र बापत २ हजारबढी उठाउने ।

(४.) विभिन्न समयमा मनपर्दी तरिकाबाट भ्रमण खर्च लेखेको आयव्यय विवरण सार्वजनिक लेखा परिक्षण अध्यक्षको बिना दस्खत ( हस्ताक्षर ) प्रस्तुत गर्न खोज्दा अभिभावक भेला दोस्रोपटक स्थगित ।

(५.) विद्यालयमा साइकल स्टेण्डको नाममा करिब ३ लाख ५० हजार पहिला नै खर्च देखाइयो । तर, हालसम्म साइकल स्टेण्ड बनेको छैन ।

(६.) त्यसतै अभिभावक ज्ञानेन्द्र राय भन्नुहुन्छ " मैले प्रत्येकवर्ष प्राविधिकमा छोरालाई पढाउने बापत १८ हजार वर्षेनी तिरदै आइरहेको छु । कुन शिर्षकमा कतिकति बिल लिनुभयो बिल माँग गर्दा आजभोलि गर्ने गरेको गुनासो छ ।

यी र यस्ता व्यवहारमा लीन प्र.अ. पशुपति साहको सम्पत्ति समेत छानबिन हुनुपर्ने आवाज उठेको छ । वहाँहरुका अनुसार हामी अख्तियारमा उजुरी हाल्छौं भन्नुभयो । यता , यसै विषयमा कुराकानी गर्न जनता डोमी चौधरी माविका प्रधानध्यापक पशुपति साहलाई मो.९८५२८३२४२५ पटकपटक फोन गर्दा, फोन उठाउनु भएनन् ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१