विद्यालयको पठन पाठनमा सुधार स्थानीय हर्षित

  • जेठ १३, २०८०
  • ४४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ १३ मधेश प्रदेश । दोलखाको विगु गाउँपालिकामा रहेको कालिञ्चोक माविको पठन पाठनमा सुधार आएपछि स्थानीय खुशी भएका हुन । विगतमा पठन पाठनमा व्यापक लापरवाही भोग्दै आएको यस विद्यालयमा स्थानियको चासो बढेपछि सुधार देखिएको हो । स्थानिय शिक्षा प्रेमिहरुको अथक प्रयासले विद्यालयमा नियमित पठन पाठन हुन थालेपछि स्थानीय खुशी देखिएका हुन । विगु गाउँपालिकाले भर्खरै पालिकाको ८ वटै वडामा रहेको बिद्यालयहरुका बिद्यार्थीहरु लाई सहभागी गराई भर्खरै आयोजना गरेको वडा स्तरीय अन्तर विधालय अतिरिक्त कृयाकलापमा यस विद्यालयले जीत हासिल गरेको हो ।

कक्षा १ देखि ३ सम्मकाे बालबालिकाहरुलाई नेपाली हिज्जे + english contest साथै ६ देखि १० सम्मका विद्यार्थी भाईबहिनीहरुलाई प्रजनन स्वस्थ्य सहितको कार्यक्रममा सहभागी गराइएको थियो । आयोजित कार्यक्रम अन्तर्गत english contest मा प्रथम र नेपाली हिज्जेमा दितिय स्थान कालिन्चाेक मा. वि ले हात पार्न सफल भएको छ । विद्यालयले पुरस्कार स्वरुप नगद र प्रमाणपत्र सहभागी अथिती ज्यूहरुबाट प्राप्त गरेपछि स्थानीय हर्षित भएका हुन । कार्यक्रममा शिक्षा शाखा अधिकृत लक्ष्मि रिजाल समाजसेवी हिरा थामी लगायतको सहभागिता रहेको थियो । विद्यालयले यसरी जीत हासिल गरेपछि कालिञ्चोक चाेक मा.वि का विद्यार्थी ,र शिक्षक,शिक्षिका ज्यूहरुलाई स्थानियले बधाई दिदैं आभार प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१