पाल्हिनन्दनमा बाघकाे आक्रमणबाट २ जना गम्भीर घाइते

  • चैत्र १६, २०७९
  • ६७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / चैत १६ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ४ बैरवा स्थित बाघकाे आक्रमणबाट २ जना गम्भीर घाईते भएका छन् । आज बिहान करिव ६ बजेकाे समयमा बैरवाकाे आपँ र बासघारीकाे बगैंचा बाघले एक्कासि आक्रमण गरेकाे हाे । बाघकाे आक्रमणबाट बैरवा निवासी ४५ वर्षिय गजेन्द्र काेईरी र पाल्हिनन्दन ६ लङ्डीपाकड बस्ने १८ वर्षिय सम्पत भर घाईते भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

काेईरीकाे मुख,नाक र ओठमा चाेट लागेकाे छ भने भरकाे खुट्टामा चाेट लागेकाे र दुवै जनाकाे अवस्था सामान्य रहेकाे सुचना अधिकारी पाण्डेले बताउनुभयो । घाईतेहरुकाे पाल्हिनन्दन अस्पताल लाेहराैलीमा उपचार भईरहेकाे छ भने बाघ अहिलेसम्म साेही बगैंचामा लुकेर बसेकाले वन कार्यालयका प्राबिधिक टाेलीले नियन्त्रणमा लिनकाे लागि घटनास्थल तर्फ पुगि सकेकाे भए पनि अहिले सम्म बाघ नियन्त्रण आउन नसकेकाे सुचना अधिकारी पाण्डे जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१