इँटा भट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु थप दुई मजदुर घाइते

  • चैत्र १४, २०७९
  • ४९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंगलबार, १४ चैत २०७९ लहान सिरहा Gurudev Adhikari सप्तरीको रुपनी गाउँपालिका २ पिपराहीस्थित रहेको जेएसआर नामक इँटा भट्टाबाट इँटा निकाल्ने क्रममा भट्टाकै पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा भारतको पश्चिम बंगाल राज्यअन्तर्गत कुच बिहार ग्राम पञ्चायत अठरजनिका ४५ वर्षीय अलिम अजिम, उनकी २८ वर्षीया पत्नी मुजिना बिबी र सोही ठाउँका २५ वर्षीय जयारुल हक घाइते भएका हुन् । घाइते तीनै जनालाई उपचारका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याए पनि अलिमको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते भएका मुजिना र जयारुलको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ । दुवैजनालाई खुट्टामा गहिरो चोट लागेको छ । यता इँटा भट्टामा गुणस्तरहीन इँटाको प्रयोगले बनाएको पर्खाल भत्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सप्तरी प्रहरी प्रमुख एस पी नरेन्द्र कार्की ले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१