पहिचानको रूपमा दाउनी

  • फाल्गुन ९, २०७९
  • ६९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल फल्गुन ९ । समय परिवर्तनशील रहेको अवस्थामा कतिपय सामाजिक सांस्कृतिक वस्तुहरू लोपको संहारमा पुगेको अवस्था रहेको देखिन्छ । खासगरी हाम्रो समाजमा हिउँद याममा आम किसानले आफ्नो खेतमा लगाइएको धान बालीलाई काटिसकेपछि एक ठाउँमा जम्मा गरेर महिनौ दिनसम्म गोरुलाई कराम (स्थानीय भाषा) मा एक ठाउँमा बाँधेर मेहमा राखेर धानको पराल माथि घुमाउने चलन विगतका वर्षहरुमा ज्यादै प्रचलित रहेको थियो । ठाउँ अनुसार फरक फरक किसिमले चिनिने दाउनी प्राय जाडोको समयमा बिहानी पख घुमाउने चलन रहेको थियो । दाउनि लगाएको ठाउँमा मानिसहरू भेला भएर दाउनी उल्टाउने पल्टाउने काम गरेर धान निकाल्ने चलन समेत रहेको अवस्थामा दाउनी हाक्ने मान्छेको समुहले बिहानी पख पराती गाउने चलन विगतमा रहे पनि आज भोलिको आधुनिकताले गर्दा दाउनी प्रथा लोपको अवस्थामा पुगेको देखिन्छ । दाउनि गरेको धानलाई स्थानिय स्तरमा शिल हालेर नाङ्लोको सहायताले उडाउने चलन रहेको थियो भने धान उडाई सकेपछि जोख्नु भन्दा पहिले 'अगो " राख्ने चलन थियो । अगोमा केहि धान जोखनु भन्दा अगाडी राख्ने चलन रहेको थियो जुन धान अविबाहित छोरीले पाउने चलन रहेको हाम्रो समाजमा यतिबेला यी सबै लोपको अन्तिम अवस्थामा पुगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१